
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, १ फागुन । झापाको कनकाई–२ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम सोमबार सम्पन्न भएको छ । कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसँगै आज वडा नं. २ स्थित सुकेडागी सामुदायिक वन उपभोक्ता समितिको सभा हलमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धनबहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वलराम राई (प्रताप) ले ब्यानर पढी तालीमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन वडावासी…
झापा, १ फागुन । लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ नेपालीमा अनुवाद गरिएको पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तकको आज सोमबार एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । संस्कृत भाषामा उल्लेखित श्री मदभागवत महापुरणलाई नेपालमै पहिलो पटक जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर ‘सचित्र भाषा टीकामा ’ प्रकाशन गरेको लेखक चन्द्रप्रसाद घिमिरेले जानकारी दिए । संस्कृत भाषा सबैले नबुझ्ने भएको , संस्कृत भाषा पढे पनि धेरैले त्यसको अर्थ नबुझने भएको र भावि पुस्ताको संस्कृत भाषाप्रति रुचि घट्दै गएको सन्दर्भमा लोप हुन लागेको भन्दै यसको महत्व र अर्थ बुझाउन पनि नेपालीमा पहिलो पटक…
भद्रपुर, १ फागुन । झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय गोविन्द गन्धर्वले सारंगी रेटेको चार दशक बितिसकेको छ । पूर्वी पहाडको भोजपुरबाट बसाइँ सरेर २०२७ सालतिर झापा आउनुभएका उहाँको परिवार कचनकवलको पथरियास्थित ‘गाइने गाउँ’ भनेर चिनिने आदर्श टोलमा बसोबास गरिरहेको छ । उतिबेला जंगल फाँडेर बसोबास गरेको सुनाउँदै उहाँले हाल यहाँ करिब तीन सय जनाको संख्यामा ४६ घरपरिवार गन्धर्वको बसोबास रहेको छ । पुख्र्यौली थलो गोरखा जिल्लाको आँधी खोला गाउँबाट गन्धर्वका पाँच जना पूर्खालाई उबेलाका किराँत राजाले भोजपुर ल्याएको कथा उहाँले आफ्ना अग्रजबाट सुन्नु भएको रहेछ । “तर, पछि त्यहाँ परिवार बढ्दै जीविकाको स्रोत कम हुँदै गएपछि जीवन धान्ने मेलो…
झापा, १ फागुन । मेचीनगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा धुलाबारी माविले प्रारम्भिक अग्रता लिएको छ। सोमबारदेखि सुरु प्रतियोगितामा आठ सय मिटर दौड छात्रछात्रा र एक सय मिटर छात्रा दौडमा प्रथम हुँदै सो माविले अग्रता लिएको हो। उसुका विभिन्न इभेन्टमा आदर्श विद्यामंदिरले जीत दर्ता गरेको छ। प्रतियोगितामा मेचीनगरका ४१ विद्यालय सहभागी छन् । भलिबल, कवर्डी, एथलेटिक्सका फिल्ड र ट्रयाक , उसु, कराँते , तेक्वान्दो लगायत खेलमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको उदघाटन झापा १ प्रदेश १ का सांसद गोपाल तामाङले गरेका हुन् । उनले खेलकुदले अनुशासन कायम राख्ने र जीवन बदल्ने बताए । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको…
झापा, १ फागुन । ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो । कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरू आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षमा बसेको सरोकारवालबीचको बैठकले ट्राफिक प्रहरीले लागु गरेको नयाँ जरिवाना कानुनसंगत नभएकाले अब कानुन अनुसार नै उठाउने सहमति भएको हो । त्यसका लागि ट्राफिक प्रहरीले सफ्टवेयरमा परिवर्तन पनि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी…
झापा, १ फागुन । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्। काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन् ।उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् । प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् ।
झापा, १ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्वरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने बताउनु भएको छ । बिर्तामोडमा आज (सोमवार) आयोजित पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्व अध्यक्ष ढकालले महोत्सवले प्रदेश १ मा उत्पादन हुने कृषि जन्य वस्तुहरुको प्रवद्र्धन गर्नुका साथै भारत , वंगलादेश र पाकिस्तानबाट आएका बस्तु सिधै नेपाली उपभोक्तासम्म पुग्ने सुनौलो अवसर भएको बताउनुभयो । महोत्सवले आन्तरिक तथा बाह्रय पर्यटनको प्रर्वद्धन गर्नुका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सफल बनाउन सबै पक्ष एक जुट…
सुनसरी, १ फागुन । सुनसरीको देवानगंज गाउँपालिका–६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे १० बजे राजगंज सिनवारी( कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो । उक्त लागुऔषध गाँजा बरामद भएसंगै गाडी चालक धरान–१६ सुनसरीका २७ वर्षीय पूर्णबहादुर राई र सहचालक विजय राई समेतलाई पक्राउ गरिएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका…
भद्रपुर, १ फागुन । झापाको भद्रपुरमा आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जित्नु भएको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दुरी पार गर्दै उपाधि हात पार्नुभएको हो । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो हुनुभएको छ भने महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो हुनुभएको खेल संयोजक पूर्वओलम्पियन डम्बर कुँवरले बताउनुभयो । भद्रपुर–६ स्थित मेची पुलबाट शुरु भएको प्रतियोगता भद्रपुर बजार–भानुचोक–संगम चोक–सगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा विजयी…
झापा, १ फागुन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् । शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ। सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए । सीआईबीको अनुसन्धानमा शाहसहित सङ् गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ। त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस…