झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० चैत । स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा रु ८० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र चाँदीको मूल्य रु चार हजार ५०५ कायम भएको छ ।

Read More

गायिका बिन्दु पौडेलले नयाँ गीत ‘जिन्दगी के छ र’ बजारमा ल्याएकी छिन् । गीतमा उनलाई शिव हमालले स्वरमा साथ दिएका छन् । गीतको शब्द तथा सङ्गीत पनि हमालले नै तयार पारेका हुन् । गीतमा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी बिन्दुले बेला बेलामा नेपाली गीत सङ्गीत ल्याउने गर्दछिन् । गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र गायिका बिन्दुको मुख्य अभिनय छ । इनाक्षी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक ढङ्गले देखाइएको छ । भिडियोको सुरुवातमा एयरपोर्टबाट फर्किएका…

Read More

उदयपुर, ६ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ । सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो । वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार…

Read More

झापा, ६ चैत । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म जिल्लामा ७ सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् । सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन्…

Read More

झापा, ६ चैत । ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्न सल्लाह दिएका छन् । उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन् । विश्व दन्त महासङ्घको आह्वानमा आज स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्था समुदायमा दन्त स्वास्थ्य शिविर, कार्यशाला र चेतनामूलक अभियान सञ्चालन गरिने छन् । यो दिवस सन् २०१३ देखि मनाउन प्रारम्भ भएको हो ।

Read More

काठमाडौँ, ६ चैत । पछिल्लो समय नेपालमा ह्वाट्सएप  (WhatsApp) प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने घटनाहरू बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले आम नागरिकलाई सतर्क रहन विशेष अनुरोध गरेको छ। अपराधीहरूले ह्वाट्सएप एकाउन्ट ह्याक गरी नजिकका साथीभाइ तथा आफन्तसँग आर्थिक सहयोग माग्ने नयाँ शैली अपनाएको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार ठगहरूले “म समस्यामा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ्ग एपमा समस्या आएकाले पैसा पठाउन सकिनँ, यो QR कोडमा पैसा हालिदिनुहोस्” जस्ता म्यासेजहरू पठाएर ठगी गरिरहेका छन्। ठगीबाट जोगिन प्रहरीका सात सुझावहरू–साइबर ब्यूरोले यस्ता शङ्कास्पद गतिविधिबाट बच्न निम्न उपायहरू अपनाउन आग्रह गरेको छ ।१. तुरुन्त विश्वास नगर्नुहोस्– आफन्त वा साथीको नामबाट…

Read More

झापा, ६ चैत । हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ रहेको थियो ।

Read More

झापा, ४ चैत । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा १ सय ८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।

Read More

पेरिस, ४ चैत । मध्यपूर्वमा जारी युद्धले अब प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले ऊर्जा बजारदेखि वित्तीय नीतिसम्म दबाब सिर्जना गरेको छ । तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ । बुधवार तेल बजारमा उतारचढाव देखियो । इरानले तेल उत्पादक छिमेकी देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढी घट्यो भने ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लाग्यो । यद्यपि विश्लेषकहरूले होर्मुज जलडमरूमध्यमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा बढ्न…

Read More

धनकुटा, ४ चैत । धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौँ मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो । धनकुटाका प्रहरी प्रवक्ता ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो । सरकारी कार्यालयहरू आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठ लगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतो जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीले आयुर्वेद…

Read More