झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी, २२ माघ । इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा व्यापक आक्रमण शुरू गरेको थियो । खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा २ महिला र १ प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ । आक्रमणमा कैयौँ मानिस घाइते…

Read More

काठमाडौँ, २२ माघ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरूको प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । मन्त्रालयले सचिवको संयोजकत्वमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न…

Read More

झापा, २२ माघ । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेको थियो । झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ । ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने । झापा ५ बाट यस पटक…

Read More

फिल्म ‘परान’ले प्रदर्शनको १०० दिन पूरा गर्न सफल भएको छ । आज (बुधबार)बाट फिल्मले प्रदर्शनको १०० दिन पुरा गरेको कलाकार केकी अधिकारीले बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मले १०० दिन मनाएकोमा सबै प्रति आभार समेत व्यक्त गरेकी छन् । गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् । आचार्यको यो निर्देशनमा डेब्यु फिल्म हो । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकाङ्क्षाहरूलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई कथानको रुपमा उठाएको छ । फिल्म देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ले निर्माण…

Read More

काठमाडौँ, २१ माघ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबिचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबिच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । छलफलपछि…

Read More

इस्लामबाद, २१ माघ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु गरेको समन्वित आक्रमणमा दुई सय पचासभन्दा बढी मानिसको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरूले जनाएअनुसार, आक्रमणमा कुल १९७ आतंककारी मारिएका छन् भने ३६ सर्वसाधारण नागरिक र २२ सुरक्षा अधिकारी पनि ज्यान गुमाएका छन्। बलुचिस्तान प्रान्तका धेरै जिल्लामा अलगाववादीहरूले बैंक, जेल, प्रहरी थानाहरू र सैनिक अड्डाहरूलाई लक्षित गर्दै घातक हमला गरेका थिए। प्रान्तको प्रमुख शहर क्वेटामा आयोजित पत्रकार सम्मेलनमा बलूचिस्तानका मुख्यमन्त्रीले भने, ‘‘सुरक्षित जिल्लाहरू सफा गरिएका छन्, तर अलगाववादीहरू अझै भागिरहेका छन् र खोजी अभियान जारी छ।’’ पाकिस्तान सरकारले बलूच मुक्ति सेना (बीएलए) लाई यी हमला गरेको जिम्मेवार ठहराएको छ।…

Read More

सिरहा, २१ माघ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो । अभियुक्तद्वयले कल्याणपुर गनरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो । गत पुस २० गते त्यहाँ पुर्याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए । पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम…

Read More

भद्रपुर, २१ माघ । भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच पोसाक वितरण गरिएको छ । एनआईएमबी बैंक भद्रपुर शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रपुर–५ स्थित भद्रपुर माविमा अध्ययनरत कक्षा ६, ७, ८ र ११ का १६८ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान लिम्बुको अध्यक्षता तथा भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा एनआईएमबी बैंक भद्रपुर शाखा प्रमुख राहुल चक्रवर्ती, वडा सदस्य जेष्ठमल ठाकुर, विद्यालयका प्रधानाध्यापक होमनाथ गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पर्ने…

Read More

झापा, २१ माघ । आजदेखि झापासहित देशभरि सेना परिचालन हुँदैछ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सेना परिचालन गर्न लागिएको हो । झापामा करिब ८ सय सेना परिचालन हुने भएको हो । २१ नं बाहिनी तोपगाछी र अरिदमन गण चारआलीबाट गरी करिब ८ सय सेना खटिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । निर्वाचन सुरक्षाका लागि झापामा झन्डै ९ हजार सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए । एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुन लागेको हो । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त…

Read More

झापा, २१ माघ । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २ सय ६५ रुपयैयाँले बढेर तोलाको ५ हजार ६ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।

Read More