
झापा, २१ माघ । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ ।
तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २ सय ६५ रुपयैयाँले बढेर तोलाको ५ हजार ६ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

