
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ पुस । नेपाल पत्रकार महासंघ प्रदेश १ को साधारण सभा शुरु भएको छ । विराटनगरमा आज एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ प्रदेश १ को दोश्रो साधारण सभा शुरु भएको हो । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भएको छ । कार्यक्रममा न्युरो अस्पताल र महासंघबीच पत्रकारहरुको निशुल्क उपचार गर्ने सम्झौता भएको छ । अस्पताल पत्रकारको परिवारको उपचारम सुलियत दिने भएको छ । कार्यक्रममा अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले पत्रकारहरुले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान रहेकाले अस्पतालले पत्रकारहरुलाई सधै सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष बिक्रम लुइँटेललाई सम्मान…
भद्रपुर, ४ पुस । झापाको चारआली जंगलमा आज एक दम्पत्तिको शव फेला परेको छ । मेचीनगर नगरपालिका–१३ स्थित चारआली जंगलमा अर्जुनधारा–११ का लिम्बू दम्पत्तिको शव सडेको अवस्थामा फेला परेको हो । अर्जुनधारा नगरपालिका–११ का वडाध्यक्ष एवम् मृतकको दाइ खगेन्द्र इङ्नाम लिम्बूले उनीहरु आफ्नो भाइ बुहारी ५२ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र ४२ वर्षीया सञ्जु लिम्बू रहेको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नेत्रकुमार र सञ्जु गत मंसिर २१ गतेदेखि परिवारको सम्पर्कमा नरहेको वडाध्यक्ष इङ्नामले जनाएका छन् । शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
मेचीनगर, ४ पुस । गाउँ–टोलमा पुगेर काम गर्न सहज पुर्याउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयम् सेवीकालाई झापाको मेचीनगर-१४ ले साइकल, व्याग र छाता वितरण गरेको छ । वडाकार्यालयले आइतबार कार्यक्रमको आयोजना गरी वडाध्यक्ष बाबुलाल सुब्बाले ५ जना स्वयम् सेवीकालाई एक् एक थान साइकल, व्याग र छाता वितरण गरेको हो । वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर वडाले सम्मान गरेको जनप्रतिनिधि दिपक सुबेदीले जानकारी दिए । वडाले स्वयम् सेवीकाहरुको कामको मूल्याङकन गर्दै यस आर्थिक वर्षको बजेट बाट रु ५० हजार…
मोरङ, ४ पुस । मोरङको बिराटनगर महानगरपालिका–१६ स्थितबाट अवैधरुपमा भन्सार छली गरेको विभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । हिजो राती इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधि, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेसिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिर्तामोड, ४ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको इकाइगत साधारणसभा शुरु भएको छ । पुस २३ गते हुने अन्तिम माइन्युट प्रमाणिकरण भेलाका लागि आजदेखि इकाइगत साधारणभा शुरु भएको हो । झापा, मोरङ र इलाममा ३० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको हाम्रो नेपालले कार्यक्षेत्रभित्रका सात स्थानमा इकाइगत साधारणसभा गर्दैछ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले पुस ४ देखि १७ गतेसम्म हुने जानकारी दिनुभयो । संस्थाको १०औं वार्षिक प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, सल्लाहकार समिति संयोजक भगीरथ आले मगर मामा र संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णराज कटुवालले बार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो…
झापा, ३ पुस । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वपकको उपाधि जितेको हो । थप समयमा समेत तीन–तीन गोलमा खेल बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । फ्रान्सका खेलाडीले प्रहार गरेको चार गोलमध्ये एक गोल पोस्ट बाहिर गएको थियो भने अर्को गोल अर्जेन्टिनाका गोल रक्षकले रोकेका थिए । पेनाल्टीमा ४–२ गोल अन्तरले अर्जेन्टिनाले जितेको हो ।
झापा, ३ पुस । फ्रान्सले एक मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको छ । किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए । यसअघि अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि लियोनेल मेस्सी र एंखेल डि मारियाले गोल गरेका थिए ।
झापा, ३ पुस । विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । एंखेल डि मारियाले खेलको ३६ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् । यसअघि लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २३ औँ मिनेटमा गोल गर्दै मेस्सीले यो विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्याएका छन् । उनले गोल्डन बुटको रेसमा किलियान एम्बाप्पेलाई उछिनेका छन् ।
विर्तामोड, ०२ पौष । क्यानाडा अध्ययनका लागि जाने बिद्यार्थीका लागि झापाको बिर्तामोड–४ स्थित भद्रपुर रोडमा इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर(आईसीसीसी) सञ्चालनमा आएको छ । यज्ञराज कडरिया, बिजया भण्डारी, दीपक दास र बसन्त टण्डन क्षेत्रीले शनिवार (आज) देखि संयुक्त रुपमा बिर्तामोडमा आईसीसीसीको शाखा सञ्चालनमा ल्याएका हुन् । क्यानाडा अध्ययनका लागि जाने बिद्यार्थीलाई झापामै पहिलो पटक बिर्तामोडमा आईसीसीसीको शाखा सञ्चालनमा ल्याएको काउन्सिलर दीपक दासले जानकारी दिए । उद्घाटनकै अवसरमा क्यानाडा अध्ययनका लागि २० जना बिद्यार्थी सम्पर्कमा आएको दासले बताएका छन् । उद्घाटनका अवसरमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई डकुमेन्टटेशनमा २५ प्रतिशत छुटको ब्यवस्था रहेको उनले बताए । बिर्तामोड शाखा प्रमुख सुधिर भट्टराईको अध्यक्षतामा भएको…
झापा, ३ पुस । जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।