
मोरङ, ४ पुस । मोरङको बिराटनगर महानगरपालिका–१६ स्थितबाट अवैधरुपमा भन्सार छली गरेको विभिन्न प्रकारका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
हिजो राती इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधि, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेसिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद गरीएका १२ लाख ३ हजार ४ सय २० रुपैयाँ मूल्य बराबरको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



