
झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ परेका छन् ।
दमक नगरपालिका घर भएका २६ वर्षीय सुमन थापालाई प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको हो । आज दिउँसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा थापाको साथबाट ३० पत्ता (२९४ पिस) ट्रामाडोल हाइड्रोक्लोराइड र ३० पत्तामा (२९५ पिस) डाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट फेला पारेको थियो ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका थापालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



