
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, २० माघ । ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका–२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । हिजो अपरान्ह बाख्रा चराउन गएकी सुकमाया अबेरसम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिब आधा किलोमिटर टाढा करेन्ट लागि मृत अवस्थामा फेला परेकी हुन । बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा सुकमाया फेला परेको भनि स्थानीयले अस्थायी प्रहरी चौकी फुलबारीमा जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
झापा, २० माघ । फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र पारिएको छ । बिर्तामोड नगरपालिका–२ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महलिा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताउनुभयो । त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले महोत्सव सफल बनाउन महिलाहरुको मात्रै दायित्व नभई बिर्तामोडबासीकै दायित्व रहेकाले सबै एकजुट हुनु…
बुधबारे, १९ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ । साताव्यापी रुपमा गत माघ १२ गतेदेखि शुरु भएको वार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्य तिलचन पाठक (चिन्तन) रहुनुहुन्थ्यो । उहाँले पानसमा दीप प्रज्वलन गरेर समापन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । वार्षिकोत्सव समापनको अवसरमा अन्तर सदनात्मक नृत्य तथा गायन प्रतियोगिता, गरीब तथा जेहेन्दार विद्यर्थीलाई छात्रवृत्ति वितरण र अवकाश प्राप्त शिक्षक पुण्य भण्डारीलाई सम्मान गरिएको छ । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल…
कनकाई, १९ माघ । झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । नगरले हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना अन्तर्गत निशुल्क पशु स्वास्थ शिविर सञ्चालन कार्यक्रम ल्याएको कनकाई नगरका स्वास्थ्य शाखा प्रमुख यदु उप्रेतीले जानकारी गराउनु भएको छ । अघिल्लो वर्ष पनि नगरले नगरका सबै वडामा पशु स्वास्थ शिविर सञ्चालन गरेको र उक्त स्वास्थ्य शिविर पछि किसानले पशुपालनमा राहात मिलेको प्रतिक्रिया दिँदै यो कार्यक्रमलाई निरन्तरता दिन सल्लाह सुझाव दिए अनुरुप नैे यस वर्ष पनि यो कार्यक्रम ल्याएको र यो कार्यक्रमलाई नगरले आगामी…
विराटनगर, १९ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा छौं । सहमति नभए प्रक्रियाबाट भएपनि नामको विषय टुंगो लगाउने पक्षमा हामी छौं,’ उनले भने । कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गरे । ‘मान्छेहरुले प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरु लेख्नुभएको छ…
झापा, १९ माघ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ । यस्तै स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने प्रेस चौतारी नेपाल झापाको बिहिबार बसेको जिल्ला कमिटिको बैठकले निर्णय गरेको हो । पे्रस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यको संयजकत्वमा केन्द्रीय सदस्य एंवम प्रदेश १ का सह–इन्चार्ज अम्बिका भण्डारी र प्रेस…
बिर्तामोड, १९ माघ । बिर्तामोड नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।नगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका विच नगरले एक सय जनालाई व्लाङ्केट वितरण गरेको हो । सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारीस भएर आएका १०र१० जनालाई व्लाङ्केट वितरण गरीएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट न्यानो कपडा व्लाङ्केट वितरण गरीएको बताउनु भयो । आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै उहाँले सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र खानपान, रहनसहनमा ध्यान…
झापा, १९ माघ । झापाका तीन वटा उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवम् दुषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवम् चमेनागृहविरुद्ध जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो । भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि गत माघ ४ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । दुषित दाना उत्पादन तथा बिक्री वितरण…
भारत, १९ माघ । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरिएको थियो। ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक…
झापा, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ ।