झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् । र बच्चा मात्रै होइन, कमिलाको पूरा कोलोनीले यो ‘दूध’ को आनन्द लिन्छ । यो कमिलालाई निकै मनपर्ने पेय पदार्थ पनि हो । खासमा यो पोषक तत्वले भरिएको एक प्रकारको ‘दुध’ हो जुन युवा कमिलाबाट निस्कन्छ । नयाँ बच्चादेखि वयस्कसम्म पूरा कोलोनीले यो दूध पिउँछ । अनुसन्धाताले यो दुधलाई ‘सोसल फ्लुड’ नाम दिएको छ । कमिलाको प्युपा आफ्नो विकाशको एक विशेष चरणका बेला अत्यधिक मात्रामा यो तरल पदार्थको श्राव गर्छन् । यो तरल पदार्थको एउटा ककटेल हो जसमा प्युपाको पुरानो झिल्लीको सानो टुक्राका साथै यसलाई तोड्ने एन्जाइम पनि…

Read More

झापा, २० मंसिर । गत बैशाखमा सरकारले १० वटा विलासी वस्तुमा लगाएको प्रतिबन्ध खुलाउने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले ती प्रतिबन्धित वस्तुको आयात ​खुल्ला गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । विदेशी मुद्रामा सञ्चितिमा संकट देखिएपछि सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो । अन्य वस्तुको आयात खुला गरे पनि अहिले पनि ४ वस्तुमा प्रतिबन्ध कायम रहेको थियो ।

Read More

झापा, २० मंसिर । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे। ‘प्रतिस्पर्धीलाई भन्दा १४÷१५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न’, उनले भने, ‘तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ।’ उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे। आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिन अघि आफू काठमाडौँ पुगेर त्यसको पेश्की भूमिका निर्बाह गरेको उल्लेख गरे। ‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय…

Read More

मोरङ, २० मंसिर । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२…

Read More

झापा, २० मंसिर । विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् । आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि यही योजना हुनेछ । आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता स्वीजरल्यान्डको पनि यही योजना हुनेछ…

Read More

झापा, २० मंसिर । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार उत्तर पाँच किलोमिटर सडक कालोपत्र जारी छ । प्रदेश सरकारको रु ३५ करोड २६ लाख १३ हजारको बजेटमा शिवसताक्षीधामबाट झिलझिले बजार हुँदै दक्षिण होकलबारीसम्मको २६ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । तीमध्ये राजमार्गको उत्तरधाम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सडक कालोपत्र गरिसकेको सडक पूर्वाधार तथा सहरी विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए । उनले राजमार्ग दक्षिण होकलबारी जाने सडकमा समेत कालोपत्र गर्ने…

Read More

उदयपुर, २० मंसिर । उदयपुरको कटारी नगरपालिका–२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी–२ का ३० वर्षीय दिलकुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

चन्द्र बस्नेतसुरुङ्गा, २० मंसिर । झापाको कनकाई नगरपालिका–६ चम्फापुरस्थित गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञ आयोजना हुने भएको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १० कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायक्ष आयोजना हुने भएको हो । महायज्ञ पाठ–पारयण, एवम् भजन कृतन तथा झाँकी सहितको महायज्ञ आगामी मंसिर २२ देखि २८ गतेसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक मुक्तिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न…

Read More

झापा, २० मंसिर । नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने । टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए । मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको…

Read More

झापा, १९ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ ।…

Read More