
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १८ पुस । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व संहाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अपराध अनुसन्धान शाखाबाट सरूवा भइ भर्खरै झापा प्रहरीको नेतृत्व संहाल्न आइपुगेका उपरीक्षक रेग्मीले सञ्चारकर्मीहरूसित कुरा गर्दै आवाजविहिनका आवाज सुन्दै कसैको आग्रह वा पूर्वाग्रहमा नपरी पेशागत जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । रेग्मी झापामा प्रहरी निरीक्षक, नायव उपरीक्षक र उपरीक्षक गरी तेस्रो पटक कार्य स्थलमा खटिएका हुन् । उनले खुल्ला सिमानाका कारण हुने चोरी, तस्करी तथा लागु औषध कारोवार जस्ता आपराधिक कार्य नियन्त्रणमा ध्यान दिने जनाउँदै पछिल्लो समय…
बिर्तामोड, १८ पुस । झापाको कनकाई–१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहमा चुनावी सरगर्मी शुरु भएको छ । प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आगामी पाँच वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन गर्न पुुस २३ गते चिर्वाचन हुने भएपछि यहाँ चुनावी सरगर्मी बढेको हो । यो वनको अध्यक्षमा छ जना उम्मेदवारी परेको छ भने चार वटा प्यानल चुनावी प्रतिस्पर्धामा छ । प्रतिस्पर्धी प्यालनमध्ये मोहनप्रसाद खतिवडा नेतृत्वको उपभोक्ता साझा प्यानलले यतिबेला चुनावी अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा आज पत्रकारसँगको भेटघाट गर्दै प्यानलका उम्मेदवारहरुले आफ्नो एजेण्डा र प्रतिबद्धता जाहेर गरेका छन् । लिखित प्रतिबद्धतासहित चुनावमा होमिएका अध्यक्षका प्रत्याशी खतिवडाले भन्नुभयो,…
झापा, १८ पुस । झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टको आज उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले आज एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको हो । कनकाई नगरपालिका, विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा सहयोग संलकन गरी रू एक करोड ६६ लाख पाँच हजार ७०६ रुपैयाँको लागतमा अक्सिजन स्थापना गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला नगरप्रमुख पोखरेलले व्यक्तिगत रुपमा रू १० लाख उपलब्ध गराएर अक्सिजन प्लान्ट स्थापनाको अभियान सञ्चालन गर्नुभएको थियो । “मैले कोरोना बेलामा अक्सिजन अभावमा अकालमा ज्यान गुमानुपरेको विभिन्न सञ्चारमाध्यममा पढें–देखें”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “त्यसैले आफैँले सहयोग…
भद्रपुर, १८ पुस । झापाको भद्रपुर–२ स्थित साना किसान कृषि सहकारी संस्थाको २४औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संस्थाले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई मरणोपरान्त अभिनन्दन गरेको छ भने भरतमोहन स्मृति विश्रामालय उद्घाटन गरिएको छ । साना चिया किसान विस्थापित हुने अवस्था सिर्जना भएका बेला तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारी चिया प्रशोधन कारखाना स्थापना गर्न रू तीन करोड १० लाख अनुदान उपलब्ध गराउनुभएको संस्थाकी अध्यक्ष निरौलाले जानकारी दिनुभयो । “सहकारीलाई औद्योगिक युगमा प्रवेश गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ”, उहाँले भन्नुभयो, “चिया प्रशोधन कारखाना सञ्चालनमा आएपछि यहाँका साना चिया किसान विस्थापित हुने अवस्था अन्त्य भएको छ…
मोरङ, १८ पुस। मोरङको रंगेली नगरपालिका–१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा(३५० के.जी.)गाँजा फेला पारी ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउपालिका – २ का २९ बर्षीय बेचन भन्ने हस्त राई सहित प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट…
काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् । अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए । उहाँहरुले ६ दिनभित्रै बोलाउनुभएको थियो । सुटिङ भइरहेको प्रसाद २ छाड्न नसकिने स्थिति भयो । किनभने प्रसाद २ को लागि अझै १४ दिन जति लाग्छ,’ विपिनले भने । ‘मैले नेपालमा धमाधम सुटिङ भइरहेको जानकारी गराएँ । सहमतिमै फिल्म नगर्ने निधो गरेका हौं । बरु उहाँको अर्को फिल्ममा भविष्यमा काम गर्न सकिने कुरा भएको छ,’ विपिनले…
काठमाडौं,१८ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन् सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताए । ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं’ उनले भने । अध्यक्ष नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने धारणा राखे । ‘यो आरोप प्रत्यारोप गर्ने बेला…
मोरङ,१८ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पौष १४ गते राती बिराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं–०१–०२–०४२ प ३७७७ नम्बरको ns मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका –७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका –७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ बर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन बिराटनगर–८ मधुमाराबाट प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी…
सुनसरी,१८ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साईकल यात्री बराहक्षेत्र–१० का २१ बर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत–९ का २३ बर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलिको चक्काले साईकलयात्री ठाकुरलाई घिसार्दा घाईते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले…
झापा,१८ पुस । झापाको शिवसताक्षि नगरपालिका(–११ दुधे स्थित जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो साढे २ बजे वनबाट ४ वटा जंगली हात्ती आई बल्कबाट बनेको एक तले घर भत्काउँदा घर भित्र भएका ७१ बर्षीय श्रीमान शान्तिराम भण्डारी र ६१ बर्षीय श्रीमती कृष्ण माया भण्डारी घाईते भएका थिए । घाईते भएका दुबै जनालाई उपचारको लागि दमक अस्पताल लागिएको अवस्थामा श्रीमती भण्डारीको मृत्यु भएको र श्रीमानको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । हात्तीलाई प्रहरी र स्थानियाहरुको सहयोगमा धपाईएको छ ।