झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले सिफारिस गरेको उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको छ । आयोगले प्रतिनिधिसभाको ११० सिटका साथै सात वटै प्रदेशका सबै प्रदेशसभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरेको हो । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ । जसअनुसार मंसिर ४ को निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेको निर्वाचन आयोगले बुधबार मतपरिणाम सार्वजनिक गर्दै जानकारी दिएको छ । ​राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा थ्रेस होल्डसम्बन्धी व्यवस्था…

Read More

झापा, २८ मंसिर । फिफा विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र मोरक्को बीच महाभिडन्त हुँदैछ । अल बायत स्टेडियममा फ्रान्स र मोरक्कोबीचको खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

Read More

झापा, २८ मंसिर । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने, पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिए । त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी, पूर्वसभापति…

Read More

भद्रपुर, २८ मंसिर । सरकारले तोकेको धानको समर्थन मूल्य नपाएपछि आन्दोलनमा उत्रिएका किसानसँग सहमतिको प्रयास गरिएको छ । जिल्ला समन्वय समिति झापाले मंगलबार सर्वपक्षीय छलफल गरी समस्या समाधानका लागि प्रयास थालेको हो । झापाका किसानले धानको उचित मूल्य नपाएको भन्दै गत मंसिर २२ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए भने बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा तालाबन्दी समेत गरेका थिए । आन्दोलित अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको माग सुनुवाइका लागि भएको सर्वपक्षीय वार्तामा सीमावर्ती भारतीय क्षेत्रबाट अवैध रूपमा भित्रने धान पूर्ण रूपले बन्द गर्न सीमा क्षेत्रमा कडा निगरानी गर्न नेपाल प्रहरी र सशस्त्र…

Read More

झापा, २८ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाल भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोग क्षेत्राधिकार बाहिरको विषय हो ।” उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । काठमाडौँ महानगर पालिकाका प्रमुख शाहले आयोगमा पठाएको निवेदनको व्यहोराबारे आयोग…

Read More

भद्रपुर, २८ मंसिर । इलामको सूर्योदय नगरपालिका–९ मा पुस १५ देखि ‘एकता खुल्ला लात्ते भकुण्डो प्रतियोगिता–२०७९’ (सेभेन साइड) हुने भएको छ । एकता शान्ति क्लबको आयोजनामा सूर्योदय–९ स्थित गहिरिगाउँ खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको संस्थाका कोषाध्यक्ष विवेकराज ढुंगानाले जानकारी दिनुभयो । खुला प्रतियोगिता भएकाले आफ्नो टीम दार्ता गर्न आयोजकले आह्वान गरेको छ । प्रतियोगितामा विजेताले रू एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले रू ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष ढुंगानाले बताउनुभयो । प्रतियोगिताका लागि पुस १० गतेसम्म टिम दर्ता गर्न सकिने छ भने टिम दर्ता शुल्क रू ४ हजार तोकिएको छ । फुटलबलसँगै…

Read More

झापा, २८ मंसिर । अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे । हारसँगै पटक विश्वकप जित्ने सपना चकनाचुर भने पनि क्रोएसियाले अब तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्कोबीचको पराजित टोलीसँग प्ले अफ खेल्नेछ । यस्तै अर्जेन्टिनाले भने फ्रान्स र मोरोक्कोबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आइतबार राति हुनेछ ।

Read More

झापा, २८ मंसिर । नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचनलगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस भइसकेको छ । प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूका साथै सत्तरुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रपतिसमक्ष पेस भइसकेको उक्त अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएका छन्। माओवादीका पोलिटब्युरो सदस्य हिमाल शर्माले सरकारले ल्याएको अध्यादेश गलत समयमा परेको टिप्पणी गर्दै भने, ुअहिलेको सरकारले यो काम गर्नु हुँदैनथ्यो । हुन त ओली…

Read More

झापा, २७ मंसिर । विश्वकप फुटबलमा सट्टेबाजी गराउने एक जनालाई प्रहरी पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयले ललितपुरबाट महोत्तरीका आदर्श ठाकुरलाई पक्राउ गरेको हो। उनले सट्टाबाजी गर्न प्रयोग हुने एक्स बिट मार्फत रकम संकलन गर्ने कार्य गरेको प्रहरीको भनाई छ। उनलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत ललितपुर परिसरले थप अनुसन्धान अगाडी बढाएको छ। उनले १ एक्सबिटमा बिगत ८ महिनादेखि सट्टाबाजी गर्ने एजेन्टको रुपमा काम थालेको खुलेको छ। उनले रकम संकलन र भुक्तानीको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खाता…

Read More

भद्रपुर, २७ मंसिर । सरकारले धानको समर्थन मूल्य तोके पनि झापाका किशानको धन सरकारी निकाय तथा धान ब्यापारी समेतले खरिद गर्न आनकान गरेपछि आन्दोलनमा उत्रेका किशानसित जिल्ला समन्वय समिति झापाले सहमतीका लागि छलफल सम्पन्न गरेको छ । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानहरुले माग सुनुवाइका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको गोदामहरुमा तालाबन्दी समेत गरेका थिए तर पनि किशानको धान बाली खरिदको वातावरण नबनिरहेको अवस्थामा पहिलो पटक जिल्ला समन्वय समिति झापाले सहमती प्रयास थालेको हो । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले संयुक्त रूपमा चलाइरहेको आन्दोलनका माग सुनुवाइका लागि आज भएको सर्व पक्षीय…

Read More