झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ पुस । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत…

Read More

झापा, १३ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको…

Read More

झापा, १२ पुस । झापाको बिर्तामोड नगरपालिका–३ गजुरमुखी टोलमा नामथर वतन नखुलेकी मागी खाई हिँड्ने एक महिलाको मृत्यु भएको छ । ती महिला आज ९शनिवार० बिहान ७ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेकी हुन् । बिर्तामोड–३ का चन्द्र थापाको जग्गा रहेको टिन छाना, टाँटीको बेराले बनेको कच्ची टहरो भित्र जमिनमा बस्दै आएकी अन्दाजी ५५–६० वर्षीया महिला मृत अवस्थामा फेला परेकी थिइन् । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएको थियो । बिहान ९ः३० बजे सम्पूर्ण कानूनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १२ पुस । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट पीडित बिर्तामोड–३ का युवाको उपचारमा समस्या भएको छ । झापाको बिर्तामोड–३ स्थित समावेशी टोलका १७ वर्षीय आर्यनकुमार महतोको उपचारमा आर्थिक अभाव भएको हो । दुई वर्षदेखि बोनम्यारो क्यानसर रोग पत्ता लागेको आर्यनको हाल भारतमा उपचार भइरहेको छ । दुई वर्षअघि काठमाडौंमा उपचार गराउँदा उनलाई क्यानसर भएको पत्ता लागेको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि अहिले उनको भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । तर, चिकित्सकले तत्कालै बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको बिरामीका मामा प्रमोद महतोको भनाइ छ । तर, आर्थिक स्थिति दयनीय भएका कारण उनको उपचारमा…

Read More

बिर्तामोड, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उहाँले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गर्नुभयो । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न…

Read More

बिर्तामोड, १२ पुस । गौरवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार रेजीना रोदनलाई सम्मान गरेको छ । १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा संस्थाको पत्रकार रोदनलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष लवकुमार चौधरी, झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद खतिवडा लगायतले पत्रकार रोदनलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

Read More

राजेश ढुंगाना एक हुल मान्छेहरूआएर आफ्नै छातीमा मुड्की ठोक्तैएक दिन मसँगआफै आफ्नो परिचय माग्ने छन्लुगा होउञ्जेली त ठीकै छतरच्यातिएको दिन लुगाती मान्छेहरू आएर मसँगठिङ्ग उभिएर सोध्नेछन् –किहाम्रो भेष कुन होर भन्ने छन्हामीले तनमूनासम्म पनि राख्न नसकेरआफ्नो भेषकोकटिङ्ग नै समेत हराएका छौंधरतीहोउञ्जेली त नाँच्ने होपाइताला पनितरधरती नै गुमाएको दिनउनीहरूलेमसँग भन्ने छन्एकोहोरो नाँच्ने धुनमाहामीले त नाँच्नलाईखुट्टा मात्र पर्याप्त ठानेका थियौंटेक्नेएक अंगुल माटोकोअभावमा पनिनाँच्न नसकिने रहेछनाँच्नखुट्टा मात्र होइनटेक्ने जमिनको चाहिँजरुरी हुँदोरहेछहामीले त नाँच्ने धुनमाटेक्नेएक अंगुलजमिन पनि गुमाएका छौंमलाई विश्वास छ किएक हुल मान्छेहरू भ्रम टुटेको दिनमसँग आएर रुनेछन्र भन्ने छन्खोइ, हाम्रो माटो खोइ ?खोइहाम्रो देश खोइ ??

Read More

बिष्णुप्रसाद पोखरेलदमक, १२ पुस । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा, काठमाडौँबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काकाअनुसार बिर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँको भारतको हिमाञ्चल प्रदेशस्थित एच एण्ड एफ ए पानी प्रशोधित कम्पनीमा काम गर्ने क्रममा बिहीबार अचानक बेहोस भई लडेपछि उपचारका लागि त्यही नजिकको अस्पताल लगिएको खुलेको छ । सोही दिन उपचारका क्रममा मृत्यु भएको र आफन्तले कानूनी प्रक्रिया पुरा गरी शनिबार भारतको गलगलिया नाँका हुँदै भद्रपुरबाट शव बिर्तामोड ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । अदालतको फैसलाबमोजिम जबरजस्ती करणी कसुरमा दोषी…

Read More

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ।।।’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार दिनेश अधिकारीको शब्द रचनाको उक्त गीतमा सङ्गीतकार हरि लम्सालको सङ्गीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ । गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीतरसङ्गीतका श्रोतालाई एउटा फरक स्वाद दिने सङ्गीतकार लम्सालको विश्वास छ ।

Read More

पछिल्लो समय कलाकारहरूको नाम दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत पैसा उठाउने क्रम बढेको छ । हालै नायक अनमोल केसीको नामबाट पनि पैसा मागेको विवरणहरू सार्वजनिक भएका छन् । अनमोल आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत सचेत गराउँदै आफूले कसैसँग पैसा नमागेको र नक्कली एकाउन्टबाट आएका आग्रहलाई बेवास्ता गर्न आग्रह गरेका छन् । यसअघि नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कालाकारको नाम दुरुपयोग गरेर पैसा माग्ने काम भएका थिए ।

Read More