
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ पुस । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१–८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा…
झापा, ९ पुस । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध…
झापा, ९ पुस । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बुधबार बिहान तराईका अधिकांश स्थानमा कुहिरो लागेको छ। यसले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । मौसम महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सु–कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’ महाशाखाका अनुसार दिउँसो पनि देशका तराई भूभागमा हुस्सु रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरोसमेत लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा…
बिर्तामोड, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुुस १२ गते झापाको बिर्तामोडमा जनजागरण सभा गर्ने भएको छ । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाले जनजागरण सभाको तयारी बारेमा जानकारी दिएको हो । राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जेनजी आन्दोलनपछि राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउन जनजागरण सभा गर्न लागिएको जानकारी दिनुभयो । जनजागरण सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । जनजागरण सभामा झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडाका सहभागी आउने जनाइएको छ । जनजागरण सभामा सभ्य र मर्यादित तवरले…
झापा, ८ पुस । गत मंसिर २८ गते जिल्ला प्रहरी परिसर ललितपुरमा दुई युवाको बेपत्ता भएको छुट्टाछुट्टै निवेदन दर्ता भएपछि सुरु भएको अनुसन्धानले दुई जनाको हत्या भएको तथ्य बाहिर आएको छ । भोजपुर अरुण गाउँपालिका–३ का २१ वर्षीय पारुहाङ राई र सिन्धुली गोलाञ्जोर गाउँपालिका–५ ताप्केडाँडाका २५ वर्षीय केशवराज (सुनिल) हायु हराएको भन्दै परिवारले निवेदन दिएका थिए । पुस २ गते दिउँसो ललितपुर महालक्ष्मी नगरपालिका–८ शेराफाँट लुभुस्थित तरकारी बारीको इनारमा केशवराज हायुको शव बोरामा पोको पारेर फालिएको अवस्थामा फेला पर्यो । शव नजिकै भेटिएको चप्पलबाट अनुसन्धान अघि बढ्दा हत्या गरेको आशंकामा देवराज ढुंगेल पक्राउ परे । उनको कोठाबाट हतौडा, झोला, बोराजस्ता…
झापा, ८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा थियो । यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो…
भद्रपुर, ८ पुस । झापाको काँकरभिट्टा नाकाबाट पछिल्लो पाँच महिनामा २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ । गत आव २०८१–८२ को सोही अवधिको तुलनामा चालू आव २०८२–०८३ को मंसिर मसान्तमसम्ममा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले आयातमा बृद्धि भएको छ । गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवमा सोही अवधिमा अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा…
भद्रपुर, ७ पुस । झापाको भद्रपुरमा पाँचौं बालमैत्री दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । भद्रपुर नगरपालिका र नगर बाल सञ्जालको आयोजनामा गत पुस ५ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा मिनी म्याराथन, वक्तृmत्वकला र कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । मिनी म्याराथनमा बालकतर्फ गौरव भुजेल प्रथम, अनिष लिम्बू द्वितीय, प्रवेश राई तृतीय र कुशल माझी सान्त्वना भएका छन् भने बालिकातर्फ बिन्दा राई प्रथम, गीता उराउ द्वितीय, एन्जल घिमिरे तृतीय र नुमा लिम्बू सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच…
अर्जुनधारा, ७ पुस । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वनको हाताभित्र एक जना पुरुष मृत फेला परेका छन् । अर्जुनधारा–२ लाप्चेटारका करिब ६५ वर्षीय यमबहादुर लाय मगर मृत अवस्थामा फेला परेका हुन् । आइतबार साँझ करिब ७ बजे उनी आफ्नो पुरानो घरतर्फ गएका थिए । उनी घर नफर्किएपछि खोजतलाश गर्ने क्रममा शान्ति सामुदायिक वनभित्र रहेको करिब ६०–७० फिट अग्लो भिरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा,…