
भद्रपुर, ८ पुस । झापाको काँकरभिट्टा नाकाबाट पछिल्लो पाँच महिनामा २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।
गत आव २०८१–८२ को सोही अवधिको तुलनामा चालू आव २०८२–०८३ को मंसिर मसान्तमसम्ममा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले आयातमा बृद्धि भएको छ । गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवमा सोही अवधिमा अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।
चालु आवको सोही अवधिमा आयात निर्यातबाट छ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



