झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ्यो तर यसपटक खोक्दा भने उनले आफ्नो छातीबाट केही भाँचिएको जस्तो आवाज सुनेकी थिइन् । सुरुमा त खासै केही समस्या छैन होला भनेर उनले सोचिन् तर केही दिन पछि उनलाई बोल्दा र सास फेर्दा दुख्न थाल्यो । सिटी स्क्यान गर्दा हुवाङको चारवटा करङ भाँच्चिएको पत्ता लाग्यो । डाक्टरले उनको छाती…

Read More

झापा, २७ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा भएको निर्वाचन बदर र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै मंगलबार रिट दायर गरेको खनालका कानुनी सहयोगी अम्बर राउतले जानकारी दिए । उनका अनुसार रिट निवेदन संवैधानिक इजलासमा दायर भएको हो । खनाल नेकपा ९एमाले०का महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत ल्याएका थिए भने खनालले २३ हजार ८९ मत ल्याएका थिए ।

Read More

सन्तोष शर्माझापा, २७ मंसिर । “रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसें, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीहरुले धेरै कष्ट भोगिरहेको देखेँ÷ पाएँ”– यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालाहरुसँग सार्वजनिक सुनुवाईमा उहाँले आफ्नो कुवेत बसाइँको अनुभव सुनाउनुभयो । उहाँले घरेलु कामदारका रुपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाहरुले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको सुनाउनुभयो । “सीप नभए पनि घरेलु कामदारको रुपमा विदेश गएर महिलाहरुले घरपरिवार चलाएका छन्”, उहाँले भन्नुभयो,…

Read More

झापा, २७ मंसिर । निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो । निर्वाचनको घोषणा भएसँगै आयोगले लागत संकलन कार्य रोकेको थियो । आयोगले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य पुनः सुरु गरेको हो ।

Read More

चन्द्र बस्नेतसुरुङ्गा, २७ मंसिर । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका झापाको कनकाई नगरपालिका–६ चम्फापुरस्थित श्री गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञमा भक्तजन तथा दाता हरुको लर्को नै लागेको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १२ कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ २८ गते बुधबारसम्म गर्न चल्ने छ। कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण वडा न –६ को…

Read More

झापा, २७ मंसिर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ। शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले सूचना जारी गर्दै जानकारी गराएको छ। पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले सूचनामा उल्लेख गरेको छ। पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई मा न्यूनमत १।६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ। त्यसका लागि आवेदन फारमसँगै…

Read More

झापा, २७ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। सोमबार दिउँसो भएको दुर्घटनामा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्काको मृत्यु भएको हो। त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ। त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ। छेडागाड– ६ का वीरबहादुर खत्रीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक…

Read More

झापा, २७ मंसिर । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीमा गएका १४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ । —न्युज कारखाना

Read More

झापा, २७ मंसिर । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । मेस्सीका लागि यो विश्वकप अन्तिम मौका हुनेछ । अन्तर्राष्ट्रिय…

Read More

झापा, २७ मंसिर । सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत) का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् भने यसले कानुनी रूप धारण गर्नेछ र राजनीतिक घटनासँग जोडिएका ‘फौजदारी अभियोग’ प्रमाणित भएका सबैले छुट पाउने सक्नेछन् । तर, राष्ट्रपति भण्डारीले भने ‘सो अध्यादेश जारी गर्छिन् कि गर्दिनन् ?’ भन्ने अन्योल छ । सरकारभित्रकै दलबाटै विवादित अध्यादेश विषयमा असन्तुष्टि छ । यसअघि पनि विवादमा परेपछि नागरिकतासम्बन्धी अध्यादेश प्रमाणित नगरेको नजिर छ । नयाँ सरकार गठन तयारी चलिरहेका…

Read More