
पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हुवाङ थर भएकी उनलाई पहिला पनि बेस्सरी खोकी लाग्ने गर्दथ्यो तर यसपटक खोक्दा भने उनले आफ्नो छातीबाट केही भाँचिएको जस्तो आवाज सुनेकी थिइन् । सुरुमा त खासै केही समस्या छैन होला भनेर उनले सोचिन् तर केही दिन पछि उनलाई बोल्दा र सास फेर्दा दुख्न थाल्यो ।
सिटी स्क्यान गर्दा हुवाङको चारवटा करङ भाँच्चिएको पत्ता लाग्यो । डाक्टरले उनको छाती वरपर एक महिनाका लागि ब्यान्डेज लगाउनुपर्ने र आराम गरेर बस्नुपर्ने बताए । डाक्टरले करङ सामान्य तरिकाले भाँच्चिनुको मूल कारण उनको शरीरको तौल जिम्मेवार रहेको बताए । उनको तौल असामान्य रुपमा कम थियो । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


