झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ पुस । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको छ। दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको छ’ यादवले भने। दूधको मूल्यवृद्धि स्थगन भएको बारे राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान,…

Read More

विर्तामोड,१७ पौष । नेपाल मधेसी समाज सेवा समितिले बिर्तामोड ३ बिर्ताबजारस्थित वडा कार्यालय अगाडि आइतवारदेखि कपडा बैंक खोलेको छ । समाजले औपचारिक कार्यक्रमको आयोजना गरि आइतबार बाट सुरु गर्दै उद्घाटन गरिएको हो । कार्यक्रमको विर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गर्नुभयो। चिसोबाट कसैको पनि अकालमा ज्यान जान नहुने भन्दै उहाँले नहुनेलाई हुनेहरुले सहयोग गर्न आव्हान गर्नुभयो । ‘हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऊ’ भन्ने नारासहित खोलिएको सो कपडा बैंकमा योगदान राष्ट्रको लागि , एमकेके ग्रुप , अनारमनी सोसियल युथ क्लब , लुगा घर , सुरुवाती कोठा नेपाल , आदर्श स्कूल अफ मेनेजमेन्ट र बीइबीबीएसको सहकार्य रहेको छ । पहिलो…

Read More

ओखलढुंगा, १८ पुस । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ९समृद्धि० लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो । किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ । गाउँमा पहिलोपटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले…

Read More

नकुल काजीनेपाली नागरिक–जीवन राज्यसत्ताको प्रत्यक्ष–परोक्ष दलनको निरीह रमिते हुने बाध्यात्मक अवस्था देशमा पन्पिन थालेको धेरै भयो । राज्यसत्ताको निर्बाध स्वच्छन्द हालीमुहाली अथवा प्रकारान्तरमा हेर्दा मियो बिनाको दाइँ गर्ने ठाउँमा पुगेका दलीय नेता–नायकहरूले फूलमालाद्वारा सज्जित भई मञ्च–मञ्चबाट लल्कार्ने वकवेदान्ती मन्तव्य र उनीहरूको जन–सरोकारी व्यवहार वा अभ्यास हिमालचुली र कुखुराको सुली जत्तिकै पृथक अनुभूत हुन थालेको पनि उत्ति नै भयो ! त्यसबाट उत्पन्न परिहास्यास्पद परिस्थितिको उमेर पनि लगभग नेपाली संघीय गणतन्त्रकै उमेर बराबर छ । यी सबमा कसैको शालीन तर्कसंगत दुईमत हुन नसक्ला । राजनीतिक दलका पछ्यौरा समाउने तह (अर्थात् राष्ट्रियदेखि जिल्ला, नगर, गाउँ र वडा–वडासम्मै)–का नेता–नेगियारेले अह्राएबमोजिम मात्र गर्ने ‘कार्यकर्ता’ भनिने…

Read More

सन्तोष शर्माझापा, १८ पुस । झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीय स्थलमध्ये एक बन्न सक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो । किचकबधलाई झापामा मात्र नभई मुलुककै उत्कृष्ट गन्तव्य बनाउनका लागि रू एक अर्ब ५३ करोड ६० लाख बराबरको गुरुयोजना निर्माण गरिएको किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिनुभयो । गुरुयोजना पुरातात्विक विभाग र पर्यटन मन्त्रालयमा पेश गरिएको छ । “हामीले गुरुयोजना बनाएका छौं”, उहाँले भन्नुभयो, “तर, बजेट अभावमा काम गर्न सकिएको छैन ।” घेराबार, पूर्वाधार निर्माण, जग्गा खरीद, पार्किङ, मठमन्दिरको…

Read More

बिर्तामोड, १७ पुस । सामाजिक कार्यमा सक्रिय युवाको संगठन दारी ग्याङ झापाले जिल्ला सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अर्जुनधारा नगरपालिका–६ स्थित माता मन्दिर नजिकै कार्यालयको उद्घाटन गरिएको हो । दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता तथा दारी ग्याङका संस्थापक संयोजक जगदीश भण्डारीको प्रमुख आतिथ्यता, दारी ग्याङ प्रदेश नं. १ संयोजक नुतन ढकालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । करिब ७ वर्ष अघिबाट सामाजिक कार्यमा सक्रिय दारी ग्याङले समाजका विभिन्न सामाजिक गतिविधि, युवाहरुको व्यक्तित्व तथा क्षमता अभिवृद्धि लगायतका कार्यमा योगदान पु¥याउँदै आएको बताइएको छ ।

Read More

बिर्तामोड, १७ पुस । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिकाले क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै फोहोरको वर्गीकरण गर्न छलफल प्रारम्भ गरेको छ । आइतवार वडा नं ६ को कार्यालयमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने, वडाध्यक्ष सुर्य कन्दङवा, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बिचमा छलफल गरिएको थियो । छलफलका क्रममा स्रोतबाटै कुहिने, नकुहिने प्लाष्टिकजन्य र धातुजन्य गरि तीन भागमा फोहोरको वर्गीकरण गर्नुपर्ने नगर प्रमुख प्रसाईको भनाई छ । नगरप्रमुख प्रसाईले…

Read More

मेचीनगर, १७ पुस । झापाको काँकरभिट्टा स्थित मेची नदीमा निर्मित छ लेनको मितेरी पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि आज उक्त पुल सञ्चालनमा आएको हो । मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गर्नुभएको हो । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काट्नु भएको थियो । काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ । पुलको सञ्चालन हुने जानकारी…

Read More

धरान , १७ पुस । गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको सङ्गीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापा ले गरेका हुन् । उक्त गीतको म्यूजिक भडियो समेत सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा बन्दना राई , दिलिप तामाङ्ग र विष्णु मोक्तानको अभिनय रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/BYBLYOLEyIE” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Read More

भद्रपुर, १७ पुस । झापाको बुद्धशान्ति गाउँपालिकाबाट आज तीन जना बालबालिकाको उद्धार गरिएको छ । बेवारिसे अवस्थामा रहेका उनीहरुलाई बुद्धशान्ति–३ बुधबारे बजारबाट उद्धार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उद्धार गरिएकामा १३ वर्षीय एञ्जल लिम्बू, ११ वर्षीय सुशील लिम्बू र १० वर्षीय होमञ्च मगर रहेको प्रवक्ता पाठकले बताउनुभयो । बुधबारे बजारमा तीन जना बालक बेवारिसे अवस्थामा फेला परेको स्थानीयबासीले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासीको सहयोगमा बालबालिका खोज तलास समन्वय केन्द्र (१०४)…

Read More