
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी परामर्शमा छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले भने, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि आवश्यक गृहकार्य सुरु भएको छ । उहाँ परामर्श गर्दै हुनुहुन्छ । शनिबार बिदा, त्यसैले कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्छ ।” प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत…
पाँचथर, १ पुस । गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन गरिएको हो । मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् । हरेक ठाँउको यात्राका तस्वीर समेत पुस्तकमा समावेश गरीएको छ । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उक्त किताब बिमोचन गरेका थिए । पछिल्ला दशबर्ष गरिएका यात्राका विषयबस्तु उक्त पुस्तकमा छन् । चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन् । नेपालका मध्यपहाडीजिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम,…
भद्रपुर, १ पुस । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव आयोजना गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको आज एक भव्य समारोहका बीच १ नं प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गर्नुभएको छ । विद्यालय प्रांगणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री राईले शिक्षाको विकास नै समाज विकासको मूल आधार भएको बताउँदै शैक्षिक प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथि मन्त्री राईले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ र जग्गादाता माझीलाल…
भद्रपुर, १ पुस । झापाको मेचीनगरबाट अवैध सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मेचीनगर–५ काली मन्दिर छेउमा ईप्रका काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरका–६ का ३० वर्षीय बाबुल राजवंशीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छली लादै गरेको करिब दुई लाख ५० हजार मुल्य बराबरको नेपाली ढाकाको झोला ४ बोरा र पोते फेला पारी मानिस समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय कारकभिट्टामा बुझाएको छ ।
बिर्तामोड, १ पुस । बिर्तामोड नगरपालिकाले सार्वजनिक सडकको क्षेत्र खाली गर्न आव्हान गरेको छ । आज सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर ३ स्थित सैनिकमोड चौक देखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न आव्हान गरेको हो । नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेटव्याक सहित दायाँबायाँ २१ मिटर क्षेत्रभित्रका संरचना ३ दिनभित्रमा हटाउनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस क्षेत्रमा अव्यवस्थित तरिकाले टहरा, घुम्ती, छाप्रा आदि निर्माण गरी सार्वजनिक सडकको क्षेत्रसमेत अतिक्रमण गरि बसोबास गरिरहेको पाइएकाले त्यस प्रकारका कार्य तुरुन्त बन्द गरी निर्माण गरिएका संरचना हटाएर खाली गर्नु पर्ने नगरपालिकाले जनाएको हो ।…
भद्रपुर, १ पुस । झापाको कमल गाउँपालिकामा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल–५ मा बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार मोरङ बेलबारी नगरपालिका–५ की ५८ वर्षीया तुलसादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमल–५ स्थित पूर्व–पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिमतर्फ मोड्ने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा तुलसादेवीको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक बेलबारी–१० ५८ वर्षीय शुक्रबहादुर तामाङ सकुशल रहेको छन्…
लक्ष्मीपुर, १ पुस । झापाको कनकाई नगरपालिका –६ चम्फापुरमा आयोजना भएको महायज्ञको आय–व्यय सार्वजनिक भएको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान गर्ने उद्देश्यले राधिका फाउन्डेशनले आयोजना गरेको सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञको हिसाब सार्वजनिक भएको हो । राधिका फाउण्डेशनकी अध्यक्ष तथा महायज्ञकी प्रमुख कथा वाचिका राधिका दासीले बिहीवार महायज्ञ स्थलमा पत्रकार भेटघाट गरी आय–ब्यय सार्वजनिक गरेकी हुन् । गत मंसिर २२ देखि २८ गतेसम्म आयोजना भएको महायज्ञबाट ४० लाख ५० हजार ७९७ रुपैयाँ संकलन र खर्च १७ लाख ४ हजार २२५ रुपैयाँ भएको छ । महायज्ञबाट २३ लाख ४६ हजार ५७२ रुपैयाँ बचत तथा विभिन्न दाताहरुबाट १३…
झापा, १ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् । कांग्रेसको एउटा टिमबाट संसदीयदलको नेतामा नवनिर्वाचित सांसद डा शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै…
झापा, १ पुस । सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ। डेढ दशकअघि लागू भएर पाँच वर्षदेखि बन्द रहेको यो कार्यक्रम पुनः नयाँ स्वरुप र नयाँ नारासहित सञ्चालन गर्न लागिएको हो । उद्योग वाीिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षभित्र यो कार्यक्रम पुनः सुरु गर्न लागिएको जानकारी दिएको छ । चालू आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई एक स्थानीय तह एक विशिष्ट उत्पादन को अवधारणा कार्यान्वयन गरिने उल्लेख छ। मन्त्रालयका अनुसार संघीयता लागू भएसँगै स्थानीय तहको पुनर्संरचना गरिएसँगै अलपत्र परेको यो कार्यक्रम थप परिष्कृत र परिमार्जित रुपमा लागू हुँदैछ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्येक…
झापा, १ पुस । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो । संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन । २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत भएकाले गठबन्धनका नेताहरू प्रतिनिधिसभामा बहुमत पुग्ने आधारसहित प्रधानमन्त्रीको दाबी पेस गर्न राष्ट्रपतिसमक्ष गएका थिए। तर अहिले कुनै पनि दल प्रधानमन्त्रीको दाबी गर्न नगएको खण्डमा नयाँ सरकार गठन प्रक्रिया कहाँबाट र कसरी सुरु गर्ने भन्ने संविधानमा स्पष्ट…