
पाँचथर, १ पुस । गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट बिमोचन भएको छ ।
विभिन्न क्षेत्रका रङ्गीन तस्वीर सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन गरिएको हो ।

मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् ।
हरेक ठाँउको यात्राका तस्वीर समेत पुस्तकमा समावेश गरीएको छ ।
१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उक्त किताब बिमोचन गरेका थिए । पछिल्ला दशबर्ष गरिएका यात्राका विषयबस्तु उक्त पुस्तकमा छन् ।
चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन् । नेपालका मध्यपहाडीजिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरु समेटिएका छन् ।
मन्त्री आङ्बोले प्रकाशन गरेको उक्त किताबको ज्ञान ज्योती पुस्तक पसलले वितरण गर्दैछ ।
बाँसकोटाको यसअघि ‘ढुंगाको प्रेम’ कविता संग्रह र फुटकर रचनाहरू प्रकाशित छन् ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष समेत हुन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


