झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १९ पुस । झापाको मेचीनगरमा अटोको ठक्करबाट सोमबार बेलुका पैदल यात्रीको मृत्यु भएको छ । मेचीनगर–२ त्रिमार्ग चोकस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ ह ७१५३ नं. को अटोले पैदलयात्री सोही स्थानका ६० वर्षीय रविलाल दनुवारलाई ठक्कर दिएको थियो । अटोको ठक्करबाट दाहिने खुट्टा भाचिएको र टाउकोमा चोट लागेर घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी लगि उपचार भइरहेकोमा थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेक गर्दा बाटोमा नै मृत्यु भएको भनि घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक मेचीनगर–८ का ४० वर्षीय भुपाल बास्तोलालाई नियन्त्रणमा लिइ थप…

Read More

भद्रपुर, १९ पुस । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन सकेको थिएन । प्रतियोगिता फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारपिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको पुरानो मेची रंगशालालाई पुनर्जीवन दिन गोल्ड कप आयोजना गर्न लागिएको हो ।…

Read More

झापा, १९ पुस । एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ जनवरीको पहिलो दिनसम्म ११ हजार ५९४ जनाको मृत्युभएको थियो । सोपछि एक वर्षमा ४२५ जना मृतक थपिएसँगै सङ्क्रमणबाट १२ हजार १९ ले ज्यान गुमाएका छन् । त्यसैगरी, एक वर्षमा दुई लाख २८ हजार ५८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५३ हजार २१९ पुगेको छ । २०२२ मा नेपालमा ओमिक्रोनको सबभेरिएन्ट ‘बि’ फोर…

Read More

झापा, १९ पुस । झापामा भारतबाट माछाको अवैध आयात र बिक्री वितरण हुने गरेको भन्दै जिल्लाका माछापालक किसानले त्यसलाई रोक लगाउन माग गरेका छन् । मत्स्यपालक कृषक समूह झापाको अगुवाइमा झापाका १५ वटै पालिकाको कार्यालयमा यससम्बन्धी ध्यानाकर्षणपत्र बुझाएको छ । खुला सीमाको फाइदा उठाउँदै भित्र्याइएका मरेका माछासमेत फर्मालिन प्रयोग गरेर बिक्री वितरण गरिएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद सिवाकोटीले बताउनुभयो । यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेको र यहाँका माछापालक किसानको माछासमेत बिक्री नहुने अवस्था रहेको पनि उहाँले जनाउनुभयो । “आयातित माछाका कारण स्थानीय उत्पादनको बिक्री वितरणमा समेत समस्या भएकाले हामीले ठूलो क्षति बेहोर्नु परेको छ,” उहाँले भन्नुभयो, “यसलाई रोक्न यथाशीघ्र पहल…

Read More

झापा, १९ पुस । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई ३ वर्ष ६ महिना कैद फैसला भएको छ। लागुऔषध कारोबारमा सोमबार उनलाई कैद फैसला भएको हो । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा–चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो। सोमबार जिल्ला अदालत…

Read More

झापा, १९ पुस । झापामा अनिश्चितकालका लागि राहदानी सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै सोमवारदेखि राहदानी सेवा अवरुद्ध भएको जानकारी गराएको हो । विद्युतीय राहदानीको अनलाइन प्रणाली सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारणले अनलाइन कार्य हुन नसकेको र उक्त समस्या समाधान गर्न केही समय लाग्ने भन्ने राहदानी विभागबाट जानकारी प्राप्त भएको हुँदा अर्को सूचना जारी नभएसम्म लागि बायोमेट्रिक तथा फोटो खिच्ने कार्य अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जारी गरेको सूचनामा उल्लेख छ । यस्तो सूचना

Read More

झापा, १९ पुस । झापाको शिवसताक्षीमा २० करोडको लागतमा मन्दिर निर्माण भइरहेको छ । शिवसताक्षी–१० माईधारमा २० करोडको लागतमा लक्ष्मनारायण मन्दिर (दिव्यदेश) निर्माण हुन थालेको हो । दक्षिण भारतमामात्र देखिने वास्तु शैलीमा निर्माण हुन थालेको यो मन्दिर निर्माण सम्पन्न नहुँदै हेर्न आउनेको घुइँचो छ । स्थानीय भन्छन्– ‘यस्तो शैलीको मन्दिर नेपालमा कहीँ देखिएको थिएन ।’ नेपालमा सम्भवत पहिलोपटक दक्षिण भारतको वास्तु शैलीमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण हुन थालेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका सचिव कमलप्रसाद निरौलाले जानकारी दिए । मन्दिर १२० फिट लम्बाइ र ७० फिट चौडाइ रहेको भू–क्षेत्रबाट ३० फिट उचाइको हुनेछ । यो मन्दिरमा जगद्गुरु श्रीकमलनयनाचार्य आश्रम पनि सञ्चालित छ…

Read More

झापा, १९ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू–भागमा हुस्सु लागेको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ। हिमाली भू–भागमा हल्का हिमपात र तराईका भू–भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

एक पर्यटकीय स्थलमा घुम्न आएका केही मानिसहरुले पृथ्वीमा ५५ करोड वर्ष अघिदेखि अस्तित्वमा भएको जीव भेटेका छन् । उनीहरु अमेरिकाको एरिजोनको चर्चित पहाड ‘द वेव’ मा घुमिरहेका थिए । त्यहाँ उनीहरुले एउटा पोखरी देखे । त्यहाँ उनीहरुले धेरै प्रकारका ऐतिहासिक ट्रायओप्स (स–साना जलीय जीव जुन डायनासोरको युगका हुन्) भेटे । यसको एउटा भिडियो पनि सार्वजनिक भयो जसमा उनीहरु पानीमा तैरिरहेको देखिन्छन् । २९ वर्षका अदार लिबोविच पनि ती पहाडको बीचमा घुमिरहेका थिए । त्यति नै बेला उनको नजर एक अचम्मको जीवमाथि पर्यो । त्यहाँ उनले पोखरीमा तीनवटा आँखा भएको जीव देखे । अदार व्यावसायिक रुपमा कम्प्युटर इन्जिनियर हुन् । अदारले…

Read More

अर्जुनधारा, १८ पौष । विर्तामोड -४ का योगेस खजुम लिम्बूले विद्यार्थीलाई १०७ थान टाइबेल्ट उपलब्ध गर्नुभएको छ । सोमबार अर्जुनधारा ११ स्थित जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयका विद्यार्थीलाई १०७ थान टाइबेल्ट आफ्ना २ बार्षिय छोरी ओफिलिया खजुम लिम्बूको जन्मोत्सवको उपलक्ष्यमा हस्तान्तरण गर्नुभएको हो ।लिम्बू युनाइटेड युथ क्लब बिर्तामोडका सल्लाकार तथा आदर्श म्यानजेमेन्ट स्कूलका शिक्षक हुन् । विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुका लागि टाइबेल्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संस्थापक जगत बहादुर मगरलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजीकरण युनाइटेड युथ क्लब विर्तामोडले गरेको हो । युनाइटेड युथ क्लब बिर्तामोडका उपाध्यक्ष किरण गुरुङको अध्यक्षता भएको कार्यक्रममा क्लवका सल्लाकारहरु रोशन ठकुरी, सन्जय राई…

Read More