
झापा, १९ पुस । एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ जनवरीको पहिलो दिनसम्म ११ हजार ५९४ जनाको मृत्युभएको थियो । सोपछि एक वर्षमा ४२५ जना मृतक थपिएसँगै सङ्क्रमणबाट १२ हजार १९ ले ज्यान गुमाएका छन् । त्यसैगरी, एक वर्षमा दुई लाख २८ हजार ५८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५३ हजार २१९ पुगेको छ । २०२२ मा नेपालमा ओमिक्रोनको सबभेरिएन्ट ‘बि’ फोर र ‘बि’ फाइफ र डेल्टा भेरिएन्ट फैलिएको थियो । सोही समय कोरोना तेस्रो लहरको रुपमा उच्च विन्दुमा पुगेको थियो । यो वर्ष संक्रमण दर उच्च रहेको भए पनि विगतको तुलनामा अस्पतालमा भर्ना हुने दर र मृत्युदरमा कमीआएको डा अधिकारीको भनाइ छ ।
सन् २०२२ मा सरकारले तीन करोड २४ लाख ५० हजार ४६६ मात्रा खोप लगाएको तथ्यांक छ । यो सँगै मन्त्रालयले खोप अभियान सुरु भएदेखि अहिलेसम्म पाँच करोड ३५ लाख छ हजार २०७ मात्रा खोप लगाइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



