झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा ९बुस्टर डोज० लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन । मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्य रूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।…

Read More

झापा, १० पुस । बंगबन्धु एसियन सेन्ट्रल जोन यु–२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल लगातार तीन खेलमा पराजित भए पनि सेमिफाइनलमा स्थान बनायो । लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै हराउँदा शनिबार नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो । दोस्रो सेमिफाइलनमा आज श्रीलंका र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली स्वर्ण पदकको लागि फाइनलमा भिड्नेछन् । पराजित टोली कास्य पदकको लागि पून…

Read More

झापा, १० पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन। मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको स्विकारे। ‘हामीले संस्था र अनुदान रकमसमेत तोकेर अर्थमा प्रस्ताव पठाएका छौं’, सचिव अधिकारीले भने, ‘अर्थले अझै सहमति दिएको छैन।’…

Read More

झापा, १० पुस । विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेको हो । मन्त्रालयले नेपालको खुला सिमाना र विदेश आवात जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको उल्लेख गर्दै विज्ञप्तिमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, नियमित साबुनपानी तथा सेनिटाइजरले हात धुन र बुस्टर डोज लगाउन छुटेकाहरूका…

Read More

झापा, १० पुस । सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्। यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि (आइतबार) प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘हामीलाई थप समय चाहिँदैन।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखदेखि प्रदेश सरकार बाँडफाँटको विषय गठबन्धनका पाँच दलले प्याकेजमै सहमति जुटाउने नेताहरूको भनाइ छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पहिलो प्रधानमन्त्रीमा दाबी…

Read More

झापा, १० पुस । भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित स्थापना गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर शुक्रबारदेखि एमडीएमएस पूर्ण सञ्चालनमा आउने भएकाले असोजयता व्यक्तिगत तवरबाट ल्याइएका मोबाइल दर्ता गरेरमात्र प्रयोगमा ल्याउन अनुरोध गरेको छ । प्राधिकरणले गत भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइल आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, १० पुस । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले क्रिसमसको अवसरमा शुभकामना दिनुभएको छ । इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको सुखद अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै शुभकामना दिनुभएको हो । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास पनि व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका…

Read More

झापा, ९ पुस । झापाको मेचीनगर नगरपालिका–८ बाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा बेवारिसे अवस्थमा रहेको करिब २० लाख मूल्य बराबरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

Read More

भद्रपुर, ९ पुस । झापाको भद्रपुर–२ स्थित किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलमा भीम–किचकको मूर्ति अनावरण गरिएको छ । आज एक कार्यक्रमका बीच संविधानसभा सदस्य जितु गौतमले भीम–किचकको नवनिर्मित मूर्ति अनावरण गर्नुभएको हो । मूर्ति अनावरणपछि संविधानसभा सदस्य गौतमले किचकबध सबै जातजातिको पवित्रभूमि भएको बताउनुभयो । “स्थानीय मात्र होइन, किचकबध नेपालकै सन्दर्भमा सबै जातजातिको पवित्र पुञ्ज हो”, उहाँले भन्नुभयो, “यसको संरक्षण र सम्बर्धनमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी छ ।” महाभारतकालीन ऐतिहासिक भूमि किचकबधको माध्यमबाट मुलुकको पयर्टन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो । संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत् प्राप्त रू ५० लाख र जनसहभागिता वापतको रू १२ लाख ५०…

Read More

भद्रपुर, ९ पुस । किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति भद्रपुर–२ र ३ को १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संविधान सभा सदस्य जितु गौतमको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । समितिका कोषाध्यक्ष शेखर थापाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गौतम, झापा क्षेत्र नं. ३ प्रदेशसभा (१) का निवर्तमान प्रदेशसभा सदस्य बसन्त बानियाँ, भद्रपुर–२ का वडाध्यक्ष राम कँडेल, नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको किचकबधको विकास र प्रवद्र्धनमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो…

Read More