झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ मंसिर । उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन् । पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन् । लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन । नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ । त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ । उपकुलपति डा. शिलु मानन्धर (वज्राचार्य) यसअघि व्यवस्थापन तथा कानुन सङ्कायको डिन थिइन् । डिनको हैसियतमा उनको कार्यकाल अघिल्लो वर्षको भदौमै सकिएको थियो। उनी गत…

Read More

झापा, १६ मंसिर । स्पनेलाई हराउँदै जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक–एक गोल गरेका थिए भने स्पेनका अल्भारो मोराटाले एक गोल फर्काएका थिए । जापान समूह ‘ई’ को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । जापानले ३ खेलमा ६ अंक र स्पेनले ३ खेलमा ४ अंक जोडेको थियो ।

Read More

झापा, १६ मंसिर । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो। राष्ट्र बैंकले बुधवार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर ९बुधवारको विदेशी विनिमय दरअनुसार रु। एक अर्व…

Read More

झापा, १६ मंसिर । फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट जर्मनी लगातार दोस्रो पटक बाहिरिएको छ । बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । जर्मनीले ४–२ को जित निकाले पनि जर्मनी समूह ‘ई’ मा तेस्रो स्थानमा स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको हो । जर्मनी यसअघि सन् २०१८ को विश्वकपमा पनि समूह चरणबाट बाहिरियो । जितसँगै जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । यसै समूहबाट ४ अंक जोडेर स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

Read More

झापा, १६ मंसिर । निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन । विगतदेखि नै निर्वाचनका बेला सित्तैमा पाएका गाडी आयोगका पदाधिकारीको तजबिजमा विभिन्न कार्यालय र हाकिमलाई कोसेलीका रूपमा बाँड्ने गरिएको हो । आयोगले सरकारी मिडियालाई रिझाउन पनि गाडी उपहार पठाउन लागेको…

Read More

झापा, १५ मंसिर । २०२२ को हालसम्म ५ लाख ४६ हजार पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार ११ महिनामा ५० प्रतिशत बढीले रिकभरी भएको छ। नोभेम्बरमा सार्कबाट २४ हजार ५९९ र युरोपबाट १७ हजार २२९ गरी ७२ हजार ६५३ पर्यटक भित्रिएका हुन्। नोभेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक नै रहेका छन्। भारतीय २० हजार ५३२ आउँदा अर्को छिमेकीबाट भने १ हजार ३८ मात्रै भित्रिएका छन्। बंगलादेशबाट २ हजार २१८ पर्यटक, बेलायतबाट ५ हजार १६५ र अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन्। २०१९ को तुलनामा ५५।७६ प्रतिशत मात्रै रिकभरी भएको छ। कोभिड अगाडीको २०१९ नोभेम्बरमा १ लाख ३०…

Read More

एजेन्सी । मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् । यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ छिन् । जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो…

Read More

झापा, १५ मंसिर । नेपालमा सन् २००० को तुलनामा एचआईभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआईभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ । सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा।सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताए । उनले सन् २००० को तुलनामा सन् २०२१ मा…

Read More

भद्रपुर, १५ मंसिर । झापामा ३७ जना एचआइभी एड्स संक्रमित थपिएका छन् । चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि कात्तिकसम्ममा ३७ जना एचआइभी एड्स संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका एचआइभी फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । झापाको दमकस्थित दमक अस्पताल मार्फत् औषधि सेवन गर्नेगरी ११ जना र प्रादेशिक अस्पताल भद्रपुरमार्फत् औषधि सेवन गर्नेगरी २६ जना गरी ३७ जना एचआइभी संक्रमित थपिएका हुन् । गत आव २०७८÷०७९ मा ३० जना नयाँ संक्रमित थपिएका थिए । अघिल्लो आवको तुलनामा चालु आवमा जिल्लामा तीन गुणा बढी एचआइभी संक्रमित थपिएको तथ्यांकले देखाउँछ । जिल्लामा हाल ६३६ जना एचआइभी संक्रमितले नियमित औषधि (एआरटी) सेवन…

Read More

झापा, १५ मंसिर । युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ। एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । ईयूले एयर सेफ्टी लिस्ट वर्षमा दुई पटक अपग्रेड गर्दै आएको छ । यसैक्रममा ईयूको अडिट टोलीले नेपाली वायुयानका हवाई सुरक्षाबारे यही अक्टोबर ६ देखि ८ सम्म स्थलगत अध्ययन गरेर फर्केको थियो । गत साता ईयूको बैठकले यही अध्ययनलाई आधार बनाएर एयर…

Read More