झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ पुस । प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् । त्यस अवसरमा उनले संसद सचिवालयका महासचिव डा भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए। सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोके । साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि…

Read More

झापा, २६ पुस । दुर्घटनामा परी भारतको पन्जाबमा तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते भएका छन्। घटना दुईदिन पहिलेको हो। तीव्र गतिमा रहेका कारको ठक्करबाट सडकमा पैदल हिँड्दै गरेका ती नेपालीको पन्जाबको भुल्लार गाउँमा मृत्यु भएको हो। भारतीय दैनिक ट्रिब्युनका अनुसार मृत्यु हुनेमा रोहित आचार्य, दिलन थापा र सन्तोष थापा छन्। भुल्लारस्थित एक विवाह पार्टी प्यालेसमा कामदार रहेका उनीहरु सबै २५ वर्षमुनिका छन्। त्यस्तै घाइते हुनेमा रोहित थापा र समीर चौहान छन्। ट्रिब्युनले सो घटनाबारे समाचारमा जनाएअनुसार कार चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको थियो। कारले नेपालीहरुलाई किचेपछि सडक छेउको पर्खालमा ठोकिँदै रुखमा गएर…

Read More

झापा, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट २६८ मत पाएका छन्। आज भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा उक्त मत खसेको हो। उनको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको छ। मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन्। आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए। संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे। प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो। त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन्। हस्ताक्षरमार्फत मत विभाजन…

Read More

भद्रपुर, २६ पुस । आगो ताप्ने क्रममा गत आइतबार (पुस २४ गते) जलेर घाइते भएकी महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । कचनकवल गाउँपालिका–१ कुटी बस्ने बर्ष ७० की हेमप्रभा माझी घरबाहिर पराल बाली आगो ताप्ने क्रममा जलेर घाइते भएकी थिइन् । घाइते भइ उपचाररत उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा आज मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २६ पुस । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए । कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए । “केही फाइल जिल्लाबाहिर पठाएका छौँ”, उनले भने, “केही फाइल जिल्ला प्रशासन कार्यालय र अदालतमा पेस गरिएको छ ।” प्रारम्भिक अनुसन्धान गरेर उद्योग दर्ता भएको स्थानमा कारबाहीका लागि मोरङ र पर्सामा एक–एक फाइल पठाइएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा पठाइएको छ । “खाद्य…

Read More

झापा, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा दिने निर्णय गररेको कसैले पनि हिनताबोध गर्न नपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन्। ‘हिजोमात्रै सरकारले पृथ्वी जयन्तीलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। म सरकारप्रति धन्यवाद र आभार व्यक्त गर्छु,’ लिङ्देनले सम्बोधनको क्रममा भने, ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले हिनताबोध गर्न पर्दैन। उनी थिए र यो राष्ट्र छ। अघिल्लो कार्यकालमा पनि यही भनेको थिएँ, नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ। राष्ट्र निर्मातालाई सम्मान गर्न कुनै हिनताबोध राख्न हुँदैन।’ उनले अहिलेको प्रतिनिधिसभाको संरचना नै विशेष प्रकृतिको…

Read More

झापा, २६ पुस । प्रदेश नं. १ को सभामुखका लागि निर्वाचन मिति तोकिएके छ । ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको प्रदेशसभा बैठकले पुस २८ गते सभामुखको निर्वाचनका लागि मिति तोकेको हो । सत्तारूढ दलले प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई उम्मेदवार बनाउने सहमति गरेका छन् । ओखलढुंगा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी भएको हो । प्रदेश १ मा सभामुख माओवादीको भागमा परेको छ। प्रदेश सभा बैठकको कार्यतालिका अनुसार आजै सभामुखका उम्मेदवारको मनोनयन हुने छ ।

Read More

झापा, २६ पुस । झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् । आयोगले हालसम्ममा एक सय १९ वटा धनीपुर्जा वितरण गरिसकेको र एक सय ७० तयारी अवस्थामा रहेको जनाएको छ । जिल्लामा ४८ हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको धनीपुर्जा माग गर्दै निवेदन दिएका छन् । आयोगका झापा जिल्ला अध्यक्ष तिलक पाण्डेले गौरादह नगरपालिकामा सबैभन्दा धेरै ५०, बुद्धशान्ति गाउँपालिकामा ४२ र कनकाई नगरपालिकामा २७ वटा धनीपुर्जा वितरण गरिसकेको जानकारी दिनुभयो । कनकाई वडा नं ८ का टीकाराम लुइँटेल र देवीमाया दाहालले आफूले वर्षौँदखि बसोबास गर्दै आएको जग्गाको संयुक्त…

Read More

बिर्तामोड, २६ पुस । झापाको बिर्तामोड साना सहरी खानेपानी सरसफाई तथा उपभोक्ता समितिले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । संस्थाको ४ वटा स्वीमबाट अहिले ७ वटा पम्पले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई २४सै घण्टा पानी उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँले नगर क्षेत्रका सबै नागरिकलाई खानेपानी उपलब्ध गराउने लक्ष्य अनुरुप चालू आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिर्तामोड नगरको सबै भू–भागमा सेवा विस्तार गर्ने र सबैलाई सहज रुपमा खानेपानी उपलब्ध गराउँछौं ।’ संस्थाले…

Read More

बिर्तामोड, २६ पुस । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा आयोजना गरेको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ । पौष १८ गतेदेखि मियावाडीमा आयोजना गरीएको ७ दिने तालिम आज सम्पन्न भएको हो । तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुखअतिथि वडाअध्यक्ष कृष्णप्रसाद खरेलले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष खरेलले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न आग्रह गर्नुभयो । तालिमलाई नगरका वरिष्ट योजना अधिकृत जय तिम्सिना, तालिम संयोजक चनिमाया तामांग, कल्पना शिवाकोटी लगायतले सहजिकरण गर्नु भएको थियो । सहभागिहरुले तालिममा सिकेको सिपलाई कार्यन्वयन गर्ने प्रतिवद्ता…

Read More