
झापा, २६ पुस । प्रदेश नं. १ को सभामुखका लागि निर्वाचन मिति तोकिएके छ । ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको प्रदेशसभा बैठकले पुस २८ गते सभामुखको निर्वाचनका लागि मिति तोकेको हो ।
सत्तारूढ दलले प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई उम्मेदवार बनाउने सहमति गरेका छन् । ओखलढुंगा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद गौतमलाई सभामुखको उम्मेदवार बनाउने तयारी भएको हो ।
प्रदेश १ मा सभामुख माओवादीको भागमा परेको छ। प्रदेश सभा बैठकको कार्यतालिका अनुसार आजै सभामुखका उम्मेदवारको मनोनयन हुने छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



