झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ मंसिर । पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो । तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

Read More

झापा, १५ मंसिर । विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ। बुधबार रातिको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरेका थिए । जितसँगै अर्जेन्टिना समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

Read More

बिर्तामोड, १५ मंसिर । साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । मासिक सांगीतिक काव्यसभाको अवसरमा गायक तथा संगीतकार बलराम राजवंशीलाई विशिष्ट प्रतिभा सम्मानद्वारा सम्मान गरिने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । कार्यक्रममा संस्थाका कला विधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङको विशेष प्रस्तुति रहनेछ । नेम्वाङ पत्थर पगाल्ने मूर्तिकलाका अग्रज हुन् । साहित्य संगीत र कलाका नियमित कार्यक्रम पनि राखिएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म मासिक सांगीतिक काव्यसभा…

Read More

झापा, १५ मंसिर । वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिना ९साउन–कात्तिक०सम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपियाँको वस्तु आयात भएको छ । सो अवधिमा निर्यातमा ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपियाँको निर्यात भएको छ । चार महिनामा कृषिजन्य वस्तुको आयातमा समेत उल्लेख्य कमी…

Read More

झापा, १५ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ। निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय बैठकको पहल भइरहेको छ। बाजुरामा बुधबारको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएकाले बिहीबार बिहान फेरि बैठक बोलाइएको छ। दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ। आजको नागरिक दैनिकमा खबर छ ।

Read More

भद्रपुर, १५ मंसिर । झापा हात्तीपाइले रोगविरुद्धको ११औं अभियानमा झापा असफल भएको छ । झापा दुई पालिकामा सञ्चालन गरिएको प्रि–सेम्पल सर्भे (नमूना परीक्षण) को नतिजा अनुसार झापामा ११औं पटक सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको अभियानमा असफल भएको हो । नमूना परीक्षणमा पाँच जनाभन्दा कम आउनुपर्नेमा दुवै पालिका सोभन्दा बढी आएको छ । झापाको कचनकवल गाउँपालिका–४ स्थित लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा तीन÷तीन सय जनामा गरिएको नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा कचनकवलमा २१ जना र झापा गाउँपालिकामा १३ जनाको रगतमा हात्तीपाइले रोगको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । “एक–दुई पटक र औषधि नै…

Read More

झापा, १४ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा ९एमाले० को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५३ हजार चार सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ६४, जनमत पार्टीले तीन लाख ७६…

Read More

झापा, १४ मंसिर । भारत सरकारले चामलको निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै ३ महिनापछि नन–बास्मती (कनिकासहित) को प्रतिबन्ध खुलाएको हो । महानिर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ, ‘एच एस कोड १००६४००० अन्र्तगत निर्यात हुने बास्मती बाहेकका चामल (कनिकासहित) को निर्यात खुलाइएको छ ।’ यसअघि, रुस–युक्रेनको युद्ध चर्किँदै जाँदा भारतले विश्वभर चामल र कनिकाको निर्यात प्रतिबन्ध लगाएको थियो । विश्व बजारमा माग बढ्ने र आन्तरिक उत्पादनले धान्न नसक्ने भन्दै भारतले यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, भारतमा उत्पादन बढ्ने आँकलनसँगै सरकारी निकायले चामलको प्रतिबन्ध फुकुवा गरेको हो ।

Read More

झापा, १४ मंसिर । सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व मोहन लुइँटेललाई मातृशोक परेको छ । कनकाई नगरपालिका – ८ निवासी गंगादेवी लुइँटेलको ८९ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि अस्वस्थ रहेकी लुइँटेलको जन्म १९९० साल फागुन १० गते भोजपुरमा भएको थियो । स्व. लुइँटेलका तीन छोरा र ५ छोरी रहेका छन् । पाँच छोरी मध्ये साइली छोरी मुना दुलाल र पति नारायण प्रसादको यस अघि नै निधन भइसकेको छ । लुइँटेलका तीन छोरा वुहारीहरुमा रामप्रसाद– कविता, देवीप्रसाद –अंविका र मोहन – उमा लुइँटेल रहेका छन् । त्यस्तै छोरीहरुमा पवित्रा कार्की, तुलसा चापागाई, मनमाया लुइँटेल, मेनुका भट्टराई रहेका छन् ।…

Read More

झापा, १४ मंसिर । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे । विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । पालिको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र…

Read More