
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १ पुस । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने बिहीबार आयोजित पत्रकार भेटघाटमा बताइएको हो । विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार, २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित विद्यालयको स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मूल समारोह समितिअन्तर्गत विभिन्न १९ वटा उपसमिति गठन गरिएका छन् । महोत्सवको कूल बजेट २४ लाख रुपैयाँ अनुमान गरिएकोमा सो विद्यालयका भूतपूर्व विद्यार्थी नरेन्द्र फागो सम्मिलित १० सदस्यीय अर्को समितिले आर्थिक रूपमा गरेको सहयोगका साथै घर–दैलो समेतबाट हालसम्म २०…
झापा, १ पुस । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन्। गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो। बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमी रमा रोकायाले बताईन् । बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्तादेखि चिकित्सक नहुदा जटिल खाले गर्भवतीलाई रिफर गर्ने गरिएको थियो। अस्पतालमा चिकित्सक नहुँदा अछाम रिफर गरेर लैजाँदै गर्दा बाटोमै बच्जा जन्मिएको थियो। तालिम प्राप्त चिकित्सक डा सुनिलकुमार शाह,…
झापा, २९ मंसिर । झापा बुद्धशान्ति गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको सुरुवात गरेको छ । असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभसाइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको सुरुवात गरेको छ । गाउँपालिकाले किसान सूचीकरण गर्न सहजकर्ता समेत परिचालन गरेर किसानको सूचीकरणको सुरुवात गरेको हो । ७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा १ नम्बर वडामा यस अघि नै सूचीकरण गरिसकेकाले अब बाँकी ६ वटा वडाहरुमा सूचीकरणका लागी कर्मचारी परिचालन गरिएको गाउँपालिका कृषि बिकास शाखाका प्रमुख अर्जुन पौडेलले बताएका छन् । १ नम्बर वडामा १ हजार ८ सय २१ जना किसान परिवार यस अघि नै…
झापा, २९ मंसिर । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ । “जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ”, आयोगद्वारा आज जारी गरेको…
झापा, २९ मंसिर । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले एक÷एक गोल गरे। फ्रान्स चौथो पटक फाइनलमा पुगेको छ । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।
झापा, २८ मंसिर । झापाकी निशा डाँगी २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम २५ वर्षमात्र छ । भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । राणाको उमेर ८० वर्ष रहेको छ ।
दमक, २८ मंसिर । झापाको दमक नगरपालिका ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित हिजो साँझ नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, २८ मंसिर । हिमालयन टेलिभिजनबाट प्रशारित रियालिटी शो भ्वाइस अफ नेपालको सिजन–४ को टप ८ मा पुग्न सफल योगेश मगरलाई जिताउन अपिल गरिएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी योगेश जिताउ अभियानले बिर्तामोड–४ निवासी २० वर्षीय मगरलाई अत्याधिक भोट गरी जिताउन अपिल गरेको हो । अभियानका संयोजक प्रभास थापा मगरले सुमधुर स्वरका धनी मगरलाई जिताउन आग्रह गर्नुभयो । मगरलाई जिताउन अभियानले जिल्लाका विभिन्न स्थानमा स्थानीय कलाकारको साथ लिएर सहयोग संकलन गरिरहेको उहाँले बताउनुभयो । मगरलाई जिताउन नेपाल मगर विद्यार्थी संघ, युनाइटेड क्लब बिर्तामोडले समेत यथासम्भव प्रयास गरिरहेको छ । “आफ्नै संघर्षको जगमा उभिएका एक होरहार कलाकारलाई जिताउनु…
बिराटनगर, २८ मंसिर । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि गिरीले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप…
झापा, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि…