झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २९ भदौ । नेपाल भेनियर उत्पादक संघको अध्यक्षमा पुनः दीपक पाण्डे निर्वाचित हुनुभएको छ । संघको आज भएको सातौं अधिवेशन र दशौं साधारण सभाबाट पाण्डे पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाट संघको आगामी कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा पिताम्बर गौतम र लक्ष्मीप्रसाद श्रेष्ठ, महासचिवमा दिनेश शाक्य, सचिवमा संजिव बर्मा र कोषाध्यक्षमा सुरेशकुमार अग्रवाल चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा लीलाकुमार न्यौपाने, पूर्णध्वज आङ्दम्बे, राकेश साह, सञ्जय साह, अनुप साह, पशुपति साह, प्रमोद महतो र खेमप्रसाद शर्मा रहनुभएको छ । यस्तै, अमित अग्रवालको संयोजकत्वमा रोनक अग्रवाल र उज्वल…

Read More

सन्तोष शर्माबिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गा बजारका एक व्यवसायीले घरधनीले अन्याय गरेको बताएका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी उनले न्यायका लागि सबैसँग आग्रह गरेका छन् । १० वर्षका लागि घरभाडा सम्झौता गरेर रुपक र बेचन मण्डलले कनकाई नगरपालिका–३ सुरुङ्गा बजारमा रहेको रुद्रप्रसाद ढकालको घरमा ओभी सुरुङ्गा सपिङ कम्प्लेक्स सञ्चालन गरेका हुन् । तर, घरधनीले पटक–पटक पसलको चाबी खोसेर दुःख दिने गरेको उनीहरुको भनाइ । ‘दुई महिनाको भाडा दिन बाँकी थियो’, सञ्चालक मण्डलले भने, ‘घरधनीले एक्कासी पसलका कर्मचारीसँग चाबी खोसेर लगे, माग्न जाँदा दिएनन् ।’ व्यापारको सिलसिलमा आर्थिक समस्याका कारण भाडा तिर्न गाह्रो भएको उनको भनाइ छ…

Read More

विर्तामोड, २९ भदौ । युनाइटेड युथ क्लब विर्तामोड र विराट सामाजिक युथ क्लबको संयुक्त आयोजनामा वृक्षरोपन तथा सरसफाई कार्यकम गरिएको छ । बुधबार विहान विर्तामोड वडा न. – ३ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको विराट पोखरी वरिपरि वृक्ष रोपण तथा सरसफाई गरिएको युनाइटेड युथ क्लव विर्तामोडका सचिव खुम खड्काले जानकारी दिए । वृक्ष रोपण कार्यक्रममा क्लबका पदाधिकारी सदस्यहरु, विर्तामोड वडा न ३ का वडा अध्यक्ष मदन बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो ।कार्यक्रममा १२ प्रकारका फलफूलका ३० वटा बढी बोटविरुवावृक्ष रोपन गरिएकाे थियो भने बोटविरुवाका लागि वितामोड वडा न. ५ का वडा अध्यक्ष रोहित प्रसाई र चित्र राईले सहयोग…

Read More

बुद्धशान्ति, २९ भदौ । झापा बुद्धशान्तिबाट प्रकाशन हुँदै‌ आएको‌ पुवेर्‌ली साप्ताहिक पत्रिकाले‌ आफ्नो‌ प्रकाशनको‌ सातौ‌ँ वर्ष पूर‌ा गरि‌ आठौ‌ँ वर्षमा प्रवे‌श गर‌े‌को‌ छ । वि. स. २०७१ सालमा स्थापना भएको‌ पत्रिकाले‌ सफलताका साथ ७ वर्ष पूर‌ा गर‌े‌को‌ हो  । जिल्लाको‌ उत्तर‌ी भे‌गमा सञ्चार‌ माध्यमको‌ विकास नभएको‌ बे‌ला बुद्धशान्ति गाउँपालिकालाई आफ्नु मुख्य कार्यक्षे‌त्र बनाई कार्यालय स्थापना गरि‌ जनतालाई सुसूचित पानेर्‌ उद्दे‌श्यले‌ निर‌न्तर‌ प्रकाशन भइर‌हे‌को‌ छ । पछिल्लो‌ समयमा स्थानीय स्तर‌दे‌खि लिएर‌ प्रदे‌शको‌ विकास निर्माण, शिक्षा, संस्कृति र‌ पर्यटनका साथै‌ यहाँका समुदायको‌ जीवनशै‌लीलाई विश्वस्तर‌ सम्म पुर्याउँदै‌ सञ्चालनमा आएको‌ पूवेर्‌ली, प्रे‌स काउन्सिल ने‌पाल बाट ‘ख’ बर्गमा सुचिकृत भई अहिले‌ झापा जिल्लामै‌ लो‌कप्रिय साप्ताहिक पत्रिकाको‌ रुपमा…

Read More

बिर्तामोड, २९ भदौ । झापाको बिर्तामोड नगरपालिकाको बजार क्षेत्रमा मंगलबार संयुक्त बजार अनुगमन गरिएको छ । दशैं–तिहार लगायतका चाडपर्व नजिकिएसँगै बजारलाई व्यवस्थित र मर्यादित बनाउन संयुक्त बजार अनुगमन गरिएको हो । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् । चाडपर्वका समयमा बजारमा म्याद गुज्रिएका खान अयोग्य उपभोग्य सामग्री, अस्वस्थ माछा–मासु बिक्री वितरण हुनसक्ने भएकाले सोको नियन्त्रणका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । अनुगमनका…

Read More

झापा, २९ भदौ । झापाको बिर्तामोडस्थित नेपाल ट्रेड कन्सर्नले गुणस्तरहीन अटो दिएर ठगी गरेको पीडितहरुले आरोप लगाएका छन् । अटो खरीदकर्ताहरुले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कन्सर्नले पियाजिओ कम्पनीको अटो दिने भन्दै गुणस्तरीयहीन अटो दिएर ठगी गरेको आरोप लगाएका हुन् । बिर्तामोड–४ का दुर्गाप्रसाद सुवेदीले कन्र्सनले ‘पियाजिओ’ कम्पनीको अटो दिने भनेर आफूबाट रू एक लाख ८२ हजार बैना लिएर एक सातापछि ‘टुकटुक’ ब्राण्डको अटो दिएको बताउनुभयो । “अर्कैले फिर्ता गरेको अटो आफूलाई बिक्री गरेको पछिमात्र थाहा पाएँ”, उहाँले भन्नुभयो, “सहकारी मार्फत् फाइनान्स गराइदिएर शोरुमले थप चार लाख रुपैयाँ लग्यो, भर्खरै किनेको अटोमा धान्नै नसक्ने गरी खर्च हुन थालेपछि शोरुमलाई…

Read More

बिर्तामोड, २९ भदौ । झापाको बिर्तामोडबाट प्रहरीले मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँचका क्रममा बिर्तामोड नगरपालिका–६ का २८ वर्षीय मोहन राजवंशीलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल बिर्तामोड–५ स्थित हरिप्रसाद खरेलको घरमा डेरा गरी बस्दै आएका उनको कोठाबाट उक्त लागुऔषध फेला परेको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २९ भदौ । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी गठबन्धन तयारीमा छन् । निर्वाचन आयोगले तय गरेको समानुपातिक निर्वाचन कार्यक्रममा गठबन्धनसँगै अन्य दलले समेत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् २२ असोजसम्म समानुपातिकतर्फको उम्मेदवार हेरफेर गर्ने घुमाउरो अवसर पाएका छन् । आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन २ र ३ असोजको समय निर्धारण गरेपछि दलहरूलाई प्रत्यक्षतर्फको सिटको भागबन्डा टुंग्याउन एकातर्फ दबाब बढेको हो भने अर्कातर्र्फ सो दिनमा सबै दलले उम्मेदवारको नाम बुझाए पनि २२ असोजसम्म हेरफेर गर्न बाटो पाएका…

Read More

झापा, २९ भदौ । वाग्मती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि प्रक्रिया शुरु गरेको छ।​ वाग्मती प्रदेशले नेपाली भाषासँगै प्रदेशमा बढीभन्दा बढी बोलिने भाषाको रुपमा ती दुईवटा भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिन लागिएको हो।भाषा आयोगले संविधानबमोजिम ती दुईवटा भाषालाई वाग्मती प्रदेशमा सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्न सकिने भनी एक वर्षअघि सिफारिस गरेको थियो। सोही सिफारिसलाई आधार बनाई प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो कार्यका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । सोका लागि तीन सदस्यीय एक कार्यदल गठन गरिएको छ। आयोगले गरेको सिफारिस, त्यो सिफारिसअनुसार कसरी…

Read More

झापा, २९ भदौ । नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको छ भने दोस्रोमा रहेको चीनबाट ३३ अर्ब लगानी रहेको अध्ययनमा उल्लेख छ। पछिल्ला वर्षहरुमा आवधिक लगानीमा चीन अगाडि रहे पनि समग्रमा भने भारत निकै माथि रहेको छ। भारत र चीनपछि आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट…

Read More