
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ भदौ । साफ यू–१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको खेल्नेछ । श्रीलंकामा जारी प्रतियोगिता कोलम्बोको रेस कोर्स ग्राउन्डमा हुनेछ । नेपाल र भुटानबीचको राति ८ः१५ बजे सुरु हुनेछ । सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूहमा ‘बी’ मा भारत र भुटान छन् । यस समूहमा भारतले एक खेलमा ३ अंक जोडेको छ । नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।
एजेन्सी । मानिसहरू प्रायः आफ्ना सन्तानलाई सकेसम्म प्यारो र राम्रो अर्थ आउने नाम दिन खोज्छन् । तर बेलायतका एक दम्पतीले आफ्नो बच्चालाई दक्षिण एसियाली खानाको नाम दिएका छन् । आयरल्यान्डको न्यूटाउनअबेमा बस्दै आएका उक्त दम्पतीले शिशुको नाम ‘पकोरा’ राखेका छन् । भारतमा पकोरा भनिने यो खानालाई नेपालमा भने पकौडा भनिन्छ । भारतीय परिकार पेस गर्दै आएको ‘द क्याप्टन्स टेबल’ नामक न्यूटाउनअबेको चर्चित रेस्टुरेन्टले सामाजिक सञ्जालमा बच्ची र उनको नामसहित फोटो शेयर गरेपछि अहिले भारतीय मिडियामा यसको चर्चा भइरहेको छ । सोही रेस्टुरेन्टमा नियमित आउने शिशुका आमाबुवालाई त्यहाँको पकोरा ९पकौडा० एकदम मन पर्थ्यो, यति धेरै की तिनले आफ्नो नवजात शिशुको नाम…
झापा, २२ भदौ । विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ…
झापा, २२ भदौ । नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९–८० को बजेट पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् । नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् । बजेट पेश नगर्ने मधेश प्रदेशका स्थानीय तहमा कञ्चनरुप नगरपालिका,…
झापा, २२ भदौ । झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली चुनाव लड्ने भएकी छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिएको छ। ओली केही अघि राप्रपामा प्रवेश गरेकी थिइन् । एक दशकदेखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एनजिओले हाल नेपालका कारागारहरूमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।
झापा, २२ भदौ । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने रु’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ । निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ । त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा…
झापा, २२ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतका निकायले महँगो शुल्क लिने गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन। निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ। डेङ्गु परीक्षणमा अस्पताल र प्रयोगशाला पिच्छे फरक–फरक शुल्क लिने…
झापा, २१ भदौ । निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् । यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले मतदान स्थलको पुनरावलोकन गरेको छ । आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचनमा मतदानमा सहजताका लागि मतदान स्थलको पुनरावलोकन गरेको हो । मतदान स्थल…
झापा, २१ भदौ । कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय किताबखाना ९निजामती०का अनुसार हरेक वर्ष चारदेखि पाँच जना निजामती कर्मचारीले उमेर हदभन्दा बढी समय सेवा गर्ने गरिएको पाइएको छ । निजामती सेवा ऐनमा कर्मचारीको अवकाश हुने उमेर हद ५८ वर्ष तोकिए पनि त्यस्ता कर्मचारी ५८ वर्ष उमेर कटिसके पनि सेवामा बहाल नै रहने गरेका हुन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कतिपय कर्मचारीले मालदार भन्ने गरिएका कार्यालयमा बसेर बढी समय सेवा गर्दा राम्रो आम्दानी गर्न सकिने मनसायले नियतवश नै बढी…
झापा, २१ भदौ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताउनुभयो। पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने गरेकोबारे आन्तरिक छानबिन भइरहेको बताए। भिजिट भिसामा खाडी मुलुक जाने यात्रुको कागजपत्र नक्कली रहेको पाइएपछि प्रहरीले झन्डै तीन सय युवालाई विमानस्थलबाट फिर्ता गरेको थियो। उक्त घटनामा अध्यागमन विभागका कर्मचारीको मिलेमतोको आशङ्का गरिएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ ।