jhapaonline add

झापा, ५ मंसीर । सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले परिषद सदस्यमा श्रेष्लाई नियुक्त गरेको जानकारी दिएका हुन् । यसैगरी बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल(बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । बैठकले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा…

Read More

बिर्तामोड, ५ मंसीर । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौकी केर्खाको पुनर्निर्माण तथा तत्काल सहज सेवा सञ्चालनका लागि झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल साकोसले राहत सहयोग हस्तान्तरण गरेको छ । आज संस्थाको केर्खा सेवाकेन्द्रमा आयोजित एक कार्यक्रमका बीच संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चौकीलाई अत्यावश्यक भौतिक तथा विद्युतीय सामग्रीहरू उपलब्ध गराइएको हो । सहयोग सामग्रीहरू केर्खा सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक सरस्वता सेढाइँ तथा अन्य पदाधिकारी र कर्मचारीको उपस्थितिमा प्रहरी कार्यालय केर्खाका प्रमुख शारदाप्रसाद पौडेललाई हस्तान्तरण गरिएको थियो । केर्खा सेवाकेन्द्र प्रमुख सुजन बुढाथोकीले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानको मर्मलाई…

Read More

झापा, ५ मंसीर । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको थियो । नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका,…

Read More

झापा, ५ मंसीर । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानबाट मंसिर ४ गते प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१ का भक्तबहादुर कटुवाल र गणेश पुरीलाई ५ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरका धनीराज राईलाई विराटनगर–१५ स्थितबाट ६ सय ९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाट र तीनकुनेले धरान–६ पानबारी सामुदायिक बनमा बेबारीसे अवस्थामा जेब्रा झोलामा रहेको २५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाले पथरीशनिश्चरे–१ का दावा शेर्पा…

Read More

झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूलाई अचानक प्रेसरको समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । बिहान ८ः४० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतकको शव अस्पतालमै राखिएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको छ। मृतकको घटनाबारे आफन्तलाई जानकारी गराइएको छ ।

Read More

झापा, ५ मंसीर । आज देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ।

Read More

झापा, ५ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् । सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश…

Read More

झापा, ५ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन…

Read More

झापा, ५ मंसीर । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो । पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ । विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो । यस्तै, मङ्सिर ३ गते काठमाडौँका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई…

Read More

झापा, ५ मंसीर । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको…

Read More