बिर्तामोड, ५ मंसीर । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौकी केर्खाको पुनर्निर्माण तथा तत्काल सहज सेवा सञ्चालनका लागि झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल साकोसले राहत सहयोग हस्तान्तरण गरेको छ ।
आज संस्थाको केर्खा सेवाकेन्द्रमा आयोजित एक कार्यक्रमका बीच संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चौकीलाई अत्यावश्यक भौतिक तथा विद्युतीय सामग्रीहरू उपलब्ध गराइएको हो ।
सहयोग सामग्रीहरू केर्खा सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक सरस्वता सेढाइँ तथा अन्य पदाधिकारी र कर्मचारीको उपस्थितिमा प्रहरी कार्यालय केर्खाका प्रमुख शारदाप्रसाद पौडेललाई हस्तान्तरण गरिएको थियो ।
केर्खा सेवाकेन्द्र प्रमुख सुजन बुढाथोकीले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानको मर्मलाई व्यवहारमा उतार्दै शान्ति र सुव्यवस्था कायम राख्ने प्रहरीको प्रयासमा सहकारी संस्था सदैव साथमा रहेको बताउनुभयो ।
यो सहयोगले प्रहरी चौकीको सेवा पुनः सुरु गर्न र समुदाय तथा प्रहरी बीचको सम्बन्धलाई अझ सुमधुर बनाउन मद्दत पुग्ने विश्वास लिइएको संस्थाले जनाएको छ ।


