झापा, ५ मंसीर । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानबाट मंसिर ४ गते प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१ का भक्तबहादुर कटुवाल र गणेश पुरीलाई ५ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरका धनीराज राईलाई विराटनगर–१५ स्थितबाट ६ सय ९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी, सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाट र तीनकुनेले धरान–६ पानबारी सामुदायिक बनमा बेबारीसे अवस्थामा जेब्रा झोलामा रहेको २५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाले पथरीशनिश्चरे–१ का दावा शेर्पा र सुरज राईलाई ५ सय ९० मिलिग्राम ब्राउनसुगरसहित र अस्थायी प्रहरी चौकी नडहाले बराहक्षेत्र–३ स्थितबाट सप्तरीका लालदेव रजकलाई ४० किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको छ ।


