
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ असोज । एशिया कप टी–२० क्रिकेटमा आज भारत र ओमानले खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ । हिजो भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो । योसँगै समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश सुपर ४ मा पुगेका छन् । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ४ मा पुगिसकेका छन् । सुपर ४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर ४ का खेल भोलिदेखि शुरू हुनेछन् ।
काठमाडौँ, ३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित मूल समारोहमा उहाँले संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएकाले पनि यो आन्दोलनको जन्म भएको कुरालाई स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु किनभने लोकतन्त्र भनेको…
एजेन्सी, ३ असोज । फ्रान्समा हड्ताल र सरकारविरुद्धको प्रदर्शनले जनजीवन प्रभावित भएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंन र नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको नेतृत्वमा प्रस्तावित बजेट कटौतीको योजनाविरुद्ध देशभर मजदुर आन्दोलित भएका हुन् विभिन्न युनियन, शिक्षक, स्वास्थ्यकर्मी, रेल कर्मचारी, विद्यार्थीलगायत आन्दोलित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राजधानी पेरिसलगायतका विभिन्न सहरमा प्रदर्शनको क्रममा झडपका घटना समेत भएका छन् । झन्डै दुई सयको संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् । ८० हजार भन्दा धेरैको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
झापा, ३ असोज । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
झापा, ३ असोज । नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन। भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ। नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो। नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो । मनसुन जारी रहेकाले आगामी दिन पनि वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ। यद्यपि, तुलनात्मक रुपमा मनसुन क्रमशः कमजोर हुँदै गइरहेको छ । मनसुन आज भन्दा शनिबार कमजोर हुने महाशाखाको पूर्वानुमान छ…
झापा, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२…
काठमाण्डौं, ७ साउन । मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरूमा पानीको कमीले सिँचाई प्रणालीमा समेत प्रभाव परेकाले सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो । मधेश प्रदेश सरकारले मङ्गलवार (हिजो) सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा…
रुकुम पूर्व, ७ साउन । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । योजनको मङ्गलवार दिउँसो र भाग्यरेखाको मङ्गलवार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उहाँकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । यही २ गते जङ्गलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५…
चौतारा, ७ साउन । भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका९२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो । उनले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका बताए । पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका…
झापा, ७ साउन । रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ । क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका विभिन्न जातका फूलका ५१ वटा बिरुवा रोपण तथा केक काटेर वातावरणमैत्री ढंगले चार्टर दिवस मनाएको हो ।क्लवका चार्टर अध्यक्ष शरद जोशीको अध्यक्षतामा आयोजित बृक्षरोपण कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि विर्तामोड नगरपालिका, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव रोट्रयाक्टर सौम्य शर्माले गरेका थिए । सो अवसरमा बिराटपोखरी व्यवस्थापन समितिलाई क्लले धन्यवाद ज्ञापन गरेको थियो भने प्रमुख अतिथि…