jhapaonline add

झापा, २१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै…

Read More

भद्रपुर, २० असार । झापाको भद्रपुर नगरपालिका–९ स्थित ग्लेक्सी इङ्लिस स्कूलले यही शैक्षिक सत्र २०८२ देखि कक्षा–११ को अध्यापन शुरु गरेको छ । स्कूलले आज पत्रकार सम्मेलनको आयोजना गरी कक्षा–११ मा कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन शुरु गरेको जनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमल अग्रवालले २०६८ सालमा स्थापित ग्लेक्सी इङ्लिस स्कूलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । विश्वस्तरीय विद्यालय मापदण्डमा अग्रसर गराउने उद्देश्यले विसं २०७२ सालदेखि भद्रपुर–९ मा पर्याप्त जग्गा व्यवस्थापन गरी थप स्तरीय शिक्षा प्रदान गरिँदै आएको बताउनुभयो । पत्रकार सम्मेलनमा विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले विगत १२ वर्षदेखि सञ्चालित स्कूलले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्दै…

Read More

हल्दिबारी, २० असार । झापाको हल्दिबारी गाउँपालिका पूर्ण साक्षरता पालिका घोषणा गरिएको छ । झापाका १५ वटा पालिकामध्ये हल्दिबारी पहिलो पूर्ण साक्षरता पालिका घोषणा भएको हो । गाउँपालिकाको कार्यालयमा आज पूर्ण साक्षरता पालिका घोषणासँगै पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । सोही कार्यक्रममा गाउँ शिक्षा योजनाको सार्वजनिक र शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने ३२ जना विद्यार्थीलाई सम्मान गरिएको छ । २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ जना विद्यार्थीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नं. ३ का सांसद…

Read More

चन्द्र बस्नेतकनकाई, २० असार । झापाको कनकाई नगरपालिकामा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ । कनकाई नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा कनकाईमा १४ प्रकारका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामग्री हस्तान्तरण गरिएको हो । असार २० गते शुक्रवार आज नगर परिषरमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच उक्त सामाग्री वितरण गरिएको हो । कनकाईमा कुल ११ सय ९५ जना अपांगता भएका व्यक्ति भएपनी आवश्यकताका आधारमा नगरका सबै वडाका ९८ जनालाई १४ प्रकारका सहायक सामाग्री व्हिल चियर २४ थान, सिपि व्हिल चियर ४ थान ,वैशाखी ९ थान, वाकर २५ थान,…

Read More

झापा, २० असार । झापाको हल्दिबारी गाउँपालिकाले यहाँका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ । गाउँपालिकाको कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष लिङ्देनले गाउँपालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएकाहरुको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका/छुटेकालाई घरघरमा पु¥याउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)…

Read More

विराटनगर, २० असार । झापा, सुनसरी, धनकुटा र उदयपुरबाट लागू औषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सनिश्चितता अभियान अन्तरगत लागू औषध नियन्त्रण गर्ने कार्य योजना अनुसार सम्बन्धित एरिया इलाकाहरुबाट परिचालन भएको प्रहरी टोलीले पक्राउ परेका व्यात्तिहरुको साथबाट १४ ग्राम ७ सय ५४ मिलिग्राम ब्राउन सुगर र ६० किलो ६५ ग्राम ७२० मिलिग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

Read More

विराटनगर, २० असार । विराटनगर बसपार्कमा शुक्रबार रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लागेको छ। स्थानीयका अनुसार को १ ज ३०२३ नम्बरको म्याजिक जिपमा आफैँ दनदनी आगो सल्किएको हो। विराटनगर बसपार्कको पूर्वतर्फ जाने बाटोमा रोकिराखेको म्याजिक ब्यान्डमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ। अहिलेसम्म क्षति तथा घटनाको विस्तृत विवरण आइसकेको छैन।

Read More

मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् । स्वस्थकर खाना – जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल, सागसब्जी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ । यसका अलावा अन्य पोषक तत्वको पनि जरुरत पर्छ । गीतसंगीत – बिभिन्न ब्यस्तताका कारण मस्तिष्कमा अनावश्यक भार पर्ने गर्छ । त्यसैले मस्तिष्क स्वस्थ राख्नको लागि समय समयमा बिभिन्न किसिमका गीतसंगीत सुन्नु जरुरी हुन्छ । यसले मन प्रशन्न…

Read More

फिल्म ‘कुम्भ’ मङ्सिर १२ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट यो मिति तय गरेको हो । फिल्म रन्धिर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी गरेर दुई भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय छ। एक्सन विधामा निर्माण भएको ‘कुम्भ’ मा अशोक आर्यन, सुनिल थापा र सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका छ। छायाङ्कन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेको फिल्ममा द्वन्द्व निर्देशन सम्राट् बस्नेतको छ। रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश शाहको…

Read More

सुनसरी, २० असार । नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ। प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता यही असार ३० गते समापन हुनेछ। नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ। साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन्। रासस

Read More