jhapaonline add

झापा, २७ कात्तिक । आज दिउँसो अन्दाजी १२ः३० बजे झापाको झापा गाउँपालिका–६ भृकुटी चौकमा एकआपसमा मोटरसाइकल ठोक्किदा तीन घाइते भएका छन।कनकाई नगरपालिका–३ बस्ने मोटरसाईकल चालक पुर्णबहादुर लिम्बू,त्यसमा सवार मेखराज लिम्बू र अर्का मोटरसाइकलका चालक झापा–५ का तारिक अनुवर घाइते भएका हुन। अमरपथ सडक खण्डमा सुरुङ्गाबाट झापा बजार तर्फ आइरहेको प्र १–०१–०१५–७७१७ नम्बरको मोटरसाइकल सँग सुरुङ्गा तर्फ जाँदै गरेको मे ६ प. ६० नम्बरको मोटरसाइकल ठोकिएको हो । उनीहरु तिनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

Read More

झापा, २७ कात्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…

Read More

अर्जुनधारा, २७ कात्तिक । आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९र८० को तुलनामा गत आवमा पर्यटक आवागमन घटेको छ । पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताउनुभयो । उहाँका अनुसार आव २०७९–८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मात्र…

Read More

झापा, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।…

Read More

झापा, २७ कात्तिक । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले…

Read More

झापा, २७ कात्तिक । आज हरिबोधिनी एकादशीको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय बिदा दिएका छन् । जिल्लाका भद्रपुर, कचनकवल, हल्दिबारी, झापा र गौरीगञ्ज गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् । आदिवासीहरूले ठूलो एकादशीलाई महान् पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरूको बाहुल्यता रहेको पालिकाहरुले बिदा दिएका हुन् । हिन्दु धर्मावलम्बीहरूले हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गर्दछन् ।

Read More

झापा, २७ कात्तिक । प्रेस काउन्सिल नेपालले विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको हो । यस्तो छ निर्णय

Read More

झापा, २६ कात्तिक । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो । प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो ।…

Read More

झापा, २६ कात्तिक । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६५ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

Read More

झापा, २६ कात्तिक । गत आर्थिक वर्ष २०८०–८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०र८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु २१ अर्ब ५१ करोड ९६ लाख छ । जसमा नियमित गर्नुपर्ने बेरुजु रू एक अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु रू एक अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको जनाइएको छ । महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको…

Read More