
झापा, २७ कात्तिक । आज दिउँसो अन्दाजी १२ः३० बजे झापाको झापा गाउँपालिका–६ भृकुटी चौकमा एकआपसमा मोटरसाइकल ठोक्किदा तीन घाइते भएका छन।कनकाई नगरपालिका–३ बस्ने मोटरसाईकल चालक पुर्णबहादुर लिम्बू,त्यसमा सवार मेखराज लिम्बू र अर्का मोटरसाइकलका चालक झापा–५ का तारिक अनुवर घाइते भएका हुन।
अमरपथ सडक खण्डमा सुरुङ्गाबाट झापा बजार तर्फ आइरहेको प्र १–०१–०१५–७७१७ नम्बरको मोटरसाइकल सँग सुरुङ्गा तर्फ जाँदै गरेको मे ६ प. ६० नम्बरको मोटरसाइकल ठोकिएको हो । उनीहरु तिनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box


