झापा, २९ कार्तिक । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ कायम भएको छ।
Facebook Comments Box



