झापा, २९ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ निवासी २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धचोकस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ३ प ३३४ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिएको थियो।
कारको ठक्करबाट गम्भीर घाइते भएका गजमेरलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
Facebook Comments Box



