दाङ, २९ कार्तिक । दाङमा पेट्रोल छर्केर आगो लगाइएका रुपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
राजपुर गाउँपालिका–२, बलुवाडाँडाका स्थानीय बासिन्दा चौधरीको आइतबार बिहान ५ बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चौधरीमाथि शनिबार सोही क्षेत्रका स्थानीय तिलोक कार्कीले पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि फरार भएका कार्कीलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो।
घटनाको कारण, घटनामा संलग्न व्यक्तिको भूमिका तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box



