झापा, ३० गते । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले देशका हिमाली तथा पहाडी भू–भागमा बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।

हाल कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव रहेको छ। अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र गण्डकी प्रदेशको हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



