
झापा, २७ कात्तिक । आज हरिबोधिनी एकादशीको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय बिदा दिएका छन् ।
जिल्लाका भद्रपुर, कचनकवल, हल्दिबारी, झापा र गौरीगञ्ज गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् । आदिवासीहरूले ठूलो एकादशीलाई महान् पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरूको बाहुल्यता रहेको पालिकाहरुले बिदा दिएका हुन् । हिन्दु धर्मावलम्बीहरूले हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गर्दछन् ।
Facebook Comments Box


