काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई टीका लगाएर भाइटीका पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका तथा मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउनका लागि बिहान ११ः०७ बजेको समय उत्तम साइत रहेको छ । यद्यपि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिको सुझाव छ ।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने परम्परा छ ।
यसैबीच, दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले टीका लगाउने परम्परा छ ।
नेवार समुदायले आजको दिनलाई किजापूजाका रूपमा मनाउने गर्छन् ।
झापा, २५ कार्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई टीका लगाएर भाइटीका पर्व मनाउँदैछन् ।