दमक, २४ कात्तिक । झापाको दमकमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ८९ हजार ७१० रुपैयाँ नगद, १५ थान कौडा र एक थान मोबाइल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति करिब ३ बजे दमक नगरपालिका–१० स्थित स्वास्थ्य चौकीछेउको पुरानो गोठमा हारजित हुने गरी कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरी टोलीले उक्त स्थानमा तलासी गर्दा जुवाजन्य खेलमा संलग्न १० जनालाई नगद, कौडा र मोबाइलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



