चन्द्रगढी, २४ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा झापाको चन्द्रगढीमा साहित्यकार तथा विद्यार्थी सम्मानित भएका छन् ।
देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा साहित्यकार भानुभक्त कुभिण्डेलीलाई २० हजार रुपैयाँ राशिको स्व। मनोरथ दाहाल स्मृति काव्य पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, साहित्यकार लता खरेललाई स्रष्टा सम्मान २०८३ बाट सम्मानित गरिएको छ ।

वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढीबाट शैक्षिक सत्र २०८२ मा कक्षा १२ मा उत्कृष्ट स्थान हासिल गर्ने जिनिस राया र पुष्पा राजवंशीलाई जनही पाँच हजार रुपैयाँ राशिको शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो । बाल कविता प्रतियोगितामा सुमन रेङ्मी प्रथम र श्रद्धा रेग्मी द्वितीय भए ।
कार्यक्रममा साहित्यकार केशव आचार्य , भद्रपुर नगर प्रमुख गणेश पोखरेल , उप प्रमुख राधा कार्की र भद्रपुर नगर कला , साहित्य , सङ्गीत प्रतिस्ठान अध्यक्ष चिन्तामणि दाहालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा लक्ष्मी चुडाल , सोम राज पोखरेल , सफलता फुयल र अभिशेक उप्रेतीले अप्रतियोगी कविता वाचन गरेका थिए ।
साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष राजु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाकवि देवकोटाको नेपाली साहित्यमा योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा साहित्यकार, जनप्रतिनिधि तथा विद्यार्थीको सहभागिता रहेको थियो ।



