
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १२ असोज । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रवारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
झापा, १२ असोज । झापाबाट बेपत्ता हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । हिजो एकैदिन ६ जना हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार हिजो बिहान ८ बजे वैदेशिक रोजगारमा रहेका कन्काई वडा नं.४ नवज्योति टोल बस्ने बबिन खड्काकी श्रीमती वर्ष २० की पुनम खड्काले कोही कसैलाई केही जानकारी नगराई साथमा ३ वर्ष छोरा सत्यम खड्कालाई लिई घरबाट गएकोमा गाउँघर, छरछिमेक, आफन्त, नातागोता समेतमा खोजतलास गर्दा हालसम्म फेला परेकी छैनन् । त्यस्तै हिजो बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा नं.– १५ बस्ने सोम मुर्मुकी छोरी मानसिक सन्तुलन ठिक नभएकी बर्ष २० की अन्जु मुर्मु घरबाट इटाभट्टा…
सुनसरी, १२ असोज । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राति २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अवस्थामा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार–पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ । यसैगरी, उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की लिलादेवी रामलाई ६ किलो…
झापा, १२ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।…
झापा, १२ असोज । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ”, उहाँले भन्नुभयो । प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा…
झापा, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमामा आज सात वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड, लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली, क्रिस्टल प्यालेस र लिभरपुल, नटिङघम फरेस्ट र सन्डरल्याण्ड तथा टोटनहम र उल्भ्सको खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले खेल्नेछन् । त्यस्तै राति पौने आठ बजे लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली तथा क्रिस्टल प्यालेस र लिभरपुलबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे नटिङघम फरेस्ट र सन्डरल्याण्डले खेल्दा पौने एक बजे टोटनहम र…
धनुषा, ११ असोज । जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको मेलामा घुम्ने क्रममा हिजो झुला भाँचिएको थियो । फसेका सबैको सकुशल उद्धार भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका क्रेनलगायतको सहायताले सबै व्यक्तिको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।रासस
पाँचथर, ११ असोज । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् । तमोर कोरिडोर…
काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
झापा, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्कीले पद त्याग गर्नुपर्ने बताएका हुन्। साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सुशीला जी, तपाईंले जेनजीको मर्मअनुसारको काम गर्न सक्नुभएन। राजीनामा दिनुहोस्। म गर्छु उनीहरूको माग पूरा—एक एक गरेर।” उनले जेनजी आन्दोलनका मागहरू आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।