
झापा, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्कीले पद त्याग गर्नुपर्ने बताएका हुन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सुशीला जी, तपाईंले जेनजीको मर्मअनुसारको काम गर्न सक्नुभएन। राजीनामा दिनुहोस्। म गर्छु उनीहरूको माग पूरा—एक एक गरेर।”
उनले जेनजी आन्दोलनका मागहरू आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
Facebook Comments Box



