
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाडौं, २६ पुस । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री नगर्न सचेत गराएको छ । प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको भन्ने सूचना आएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न विभागलगे चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधि, न्युट्रास्युटिकल्सका नाममा तथा औषधि मिश्रित सौन्दर्य प्रसाधन समेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न विभागले चेतावनी दिएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधि चिकित्सकीय पुर्जामा सिफारिस हुँदा…
काठमाण्डौ , २६ पुस । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, क्यानका सचिव पारस खड्कालगायतका प्रतिनिधिले बिदाइ गरेका हुन् । १९ वर्षमुनिको महिला टोली भोलि दिउँसो मलेसिया प्रस्थान गर्नेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनावरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड…
झापा, २६ पुस । झापाको शिवसताक्षी नगरपालिका–११ बाट बिहीबार लागुऔषध ब्राउनसुगरसहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक नगरपालिका–४ फुलबारी टोलका २६ वर्षीय सरुप राई र उनको श्रीमती ३२ वर्षीया आरती मगरले लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचानाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले सोही घरमा कानुन बमोजिम रित पुर्याई घर खानतलासी लिँदा निजहरुले घर भित्र रहेको टेबल माथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ८५ मिलिग्राम, प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम फेला परेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप…
झापा, २६ पुस । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आयोजित पाँच दिने आधारभूत श्रृंगार तालिमको समापन भएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर आयोजना गरिएको तालिमको आज बिहिबार समापन भएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । तालिम पुष २१ गतेदेखि सुरु भएको थियो । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न तालिमको आयोजना गरिएको बताउंदै तालिममा सिकिएका सिपलाई व्यवहारमा उर्तान कार्यकारी प्रमुख बस्नेतले आग्रह गरे । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा कानेपोखरी गाउंपालिका ७ का…
मेष : रमाइलो यात्राको सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ। वृष : आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ। मिथुन : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ। कर्कट : दिन कर्मप्रधान रहेको छ। रोकिएका काम पुनः सुरु हुनेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको…
झापा, २६ पुस । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो। सहकर्मीहरूका अनुसार खड्का विङ्गेटमा काम गर्थे भने भट्टले जागिरका लागि आवेदन दिने योजना बनाएका थिए। तर समाचारमा मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन। केही दिनयता हिमआँधीका कारण…
झापा, २६ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको…
झापा, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ । विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१…
झापा, २६ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो । उहाँसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल,…
झापा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेले धरौटी रकम बुझाएर तारेखमा मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।