
झापा, २६ पुस । झापाको शिवसताक्षी नगरपालिका–११ बाट बिहीबार लागुऔषध ब्राउनसुगरसहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक नगरपालिका–४ फुलबारी टोलका २६ वर्षीय सरुप राई र उनको श्रीमती ३२ वर्षीया आरती मगरले लागुऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचानाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले सोही घरमा कानुन बमोजिम रित पुर्याई घर खानतलासी लिँदा निजहरुले घर भित्र रहेको टेबल माथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ८५ मिलिग्राम, प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम फेला परेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


