jhapaonline add

झापा, २ असार । झापामा जेठ महिनामा ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोली र मातहत प्रहरी युनिटबाट विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ४३ जना पुरुष, सात जना महिला र एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । विभिन्न मुद्दा शीर्षकमा फरार रही दोषी प्रमाणित भएका फरार प्रतिवादीहरु पक्राउ गरी आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल गर्न बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानका लागि झापा कारागार कार्यालय झापा पठाइएको उहाँले बताउनुभयो । जरिवाना…

Read More

झापा, २ असार । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ । जलथलको चारकोशे जंगल क्षेत्रमा आइतबार पहेंलो रंगको कछुवा फेला परेको हो । जलथल जंगल अन्तरगत हल्दिबारी–४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा उक्त कछुवा फेला पार्नुभएको थियो । उक्त कछुवा स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोजअध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिनुभयो । पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो सौफ्टशेल कछुवा नेपालमा तराईका केही क्षेत्रमा करिब चार सय मिटर उचाइसम्म पाइने उहाँले बताउनुभयो । “यो कछुवाको ‘क्रोमेटिक…

Read More

झापा, २ असार । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र…

Read More

झापा, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आज बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको आय व्यय बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु. १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित…

Read More

बिर्तामोड, १ असार । बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ । ५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक ६० लाख ५७ हजार रुपैयाँमा उक्त सडक कालोपत्रे गरिएको हो । माइ नगरपालिका ३ इलामको आचार्य कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न दुई वटा ठेक्का मार्फत उक्त सडक निर्माण गरिएको हो । यस अघि उक्त सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ईटहरीको भ्याट बाहेक ५८ लाख ६९ हजार ५३०…

Read More

झापा, १ असार । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु १‍‍.४१ र डिजेलमा रु १.६७ ले बढेर आएको निगमले जनाएको छ। निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु १ र डिजेल–मट्टितेलमा प्रति लिटर रु २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा…

Read More

धनकुटा, १ असार । धनकुटा जिल्लामा चल्ने यात्रु वाहक सवारी साधनहरुमामा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी यात्रु महानुभावहरुको सुरक्षित यात्राको लागी कोशी लोकमार्ग अन्तरगत भेडेटार देखि सिधुवा सम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनमा टाईम कार्ड लागु गरिएको हो । असार १ गते साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यतामा यात्रु वाहक सार्वजानिक सवारी साधनमा टाईम कार्डको शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले टाईम कार्ड लागु भए पश्चात सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास…

Read More

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा जग्गा धनीपूर्जा वितरणका लागि निस्सा वितरण गर्न थालिएको छ । नगरको वडा नं. १ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न शुरु गरिएको हो । शिवसताक्षीमा रहेका भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो । उहाँले अन्य वडाहरुमा भन्दा वडा नं. १ र २ मा पहिलेदेखि नै काम भइरहेकाले आजबाट निस्सा वितरण गर्न सुरु गरिएको बताउनु भयो । जग्गा धनी प्रमाण पत्र वितरणका लागि अब काम नरोकिने र क्रमशः ३ देखि ६ नम्बर वडासम्म निस्सा वितरण काम गरिने नगरप्रमुख थोप्राले…

Read More

इलाम, १ असार । इलाम नगरपालिका वडा नं. ११ को सोयाक आहाले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा परी गाडी धनी जितपुर निवासी विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको छ। उहाँकी छोरी र अर्का एक जना यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक उपचारपछि दानाबारीबाट बिर्तामोड लगिएको छ। अहिले बिएण्डसी अस्पतालमा थप उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ ।

Read More

भद्रपुर, १ असार । झापाकी चर्चित स्रष्टा खगिन्द्रा खुसीको आख्यान कृति (उपन्यास) “खुशीको गाउ”ँ नेदरल्याण्डमा बिमोचन गरिएको छ । विश्व भूटानी साहित्यिक संगठन जिबिएलओको आयोजनामा सम्पन्न तीन दिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको दोस्रो दिन जेठ ३१ गते सो उपन्यास बिमोचन गरिएको हो । जिबिएलओका अध्यक्ष कर्ण गुरुङ्गको अध्यक्षता तथा नेदरल्याण्डका लागि नेपालकी राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमका बिच विमोचन गरिएको थियो । झापा सदरमुकाम चन्द्रगढी निवासी रेडियोकर्मीको पहिचान बनाएकी खुसी छन्द कविता लेखन, गायन, उद्घोषण र फुटकर रचनामा चर्चित स्रष्ठा हुन् । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि सेवा लम्साल, सभाध्यक्ष कर्ण गुरुङ्ग स्रष्टा प्रकाश आङ्देम्बे लगायतको बाहुलीबाट उपन्यास…

Read More