jhapaonline add

झापा, ९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा…

Read More

सरोज भट्टराईशिवसताक्षी, ८ असार । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा नगरकै ठुला योजनाहरु सञ्चालनमा रहेका छन् । नगरका ११ वटै वडा भन्दा वडा नं. ६ विकासको दृष्टिकोणले अब्बल देखिएको छ । वडामा नगरकै एक मात्र सब्जी मण्डी, नगर अस्पताल निर्माण, सामुदायिक भवन, ज्येष्ठ नागरिक भवन, सडक, विद्यालय भवन, बजार भित्रका बाटाका ढलहरु निर्माण भएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका अधिकांश सम्पन्न भएका छन् । भौतिक पूर्वाधार तर्फशिवसताक्षीको शिवगञ्जमा ड्रेन सहितको चौडा सडक निर्माण भएको छ । अन्य वडाहरुमा भन्दा सडक सञ्जालमा वडा न ६ अगाडी देखिएको हो । शिवगञ्जको पूर्व उत्तर १ किमी सडक कालोपत्रे…

Read More

बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिका वडा नं. १० मा अवस्थित मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालिले नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। एक संक्षिप्त कार्यक्रमका बीच उक्त सामग्री नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलालाई संस्थाका निर्देशक राजेन्द्र कुमार श्रेष्ठ र उप निर्देशक अतिनराज प्रधानले हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत खोरेत तथा लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले ६० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले खोरेत र लम्पी रोग नियन्त्रण गर्न सकेमा गाईको दूधबाट उत्पादित छुर्पी लगायतका सामग्रीहरू विदेशी बजारमा निर्यात गर्न सहज हुने विश्वास व्यक्त…

Read More

इलाम, ८ असार । इलामको रोङ गाउँपालिका–३ पाथ्ले डाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। आज दिउँसो ४ः१० बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदन बहादुर बोहरा र जाजरकोटको छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी रहेका छन्। ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको…

Read More

बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकामा भोलि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशन हुने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको हो ।

Read More

बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो। त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा…

Read More

झापा, ८ असार । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित नहरमा एक जना मृत फेला परेका छन् । शिवसताक्षी–७ बैङ्डाँडाका ७९ वर्षीय राधाकृष्ण सोडारी मृत फेला परेका हुन् । उनी घरबाट चोकतर्फ घुम्न जान्छु भनि हिँडेकोमा घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ शिवसताक्षी–७ र ११ को बीचमा रहेको कनकाई नहरमा मृत फेला परेको जनाइएको छ । के कुन कारण आफू खुसी नहरको पानीमा हाम्फाली बेपत्ता भएको भन्ने इलाका प्रहरी कार्यालय झिलझिलेमा आफन्तले जानकरी गराउन साथ इप्रका शिवगञ्जबाट प्रनानि खड्ग गिरीको कमाण्डमा प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा खोज तलास गर्ने क्रममा आज बिहान घट्नास्थलबाट करिब ५०० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारेको छ ।

Read More

झापा, ८ असार । चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढका लागि छुटेको ०३–००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काँकरभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा इभी भ्यानमा सवार ७ जनाको मृत्यु भयो । एक जनाको शनाखत भएको छैन । चितवन प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कि ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौंडा–४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारी, इभी भ्यान चालक हेटौंडा–१०…

Read More

बनियानी, ८ असार । कोशी प्रदेश सरकारबाट झापा क्षेत्र नम्बर–३ (क) मा करोडौंको योजना विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम मार्फत झापा संसदीय क्षेत्र न.–३ (क) मा करोडौंका योजना दिएको हो । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने यस क्षेत्रबाट निर्वाचित प्रदेश सभासद एवम् भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल गाउँपालिकाका ७ वटा वडा र भद्रपुर नगरपालिकाका १० वटा वडामध्ये (वडा ९ र १० बाहेक) मा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धेरै योजनाहरू परेका हुन् । प्रदेशको सिलिङ बजेट अनुसार प्रत्यक्ष निर्वाचित सभासदले अढाई करोड र समानुपातिक सांसदले डेढ करोड रुपैयाँ…

Read More

झापा, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ। यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्नुभयो, “सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन् । फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो ।” उहाँले थप्नुभयो, “सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो ।” यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा…

Read More